४ दिने जल उद्धार अभ्यास सम्पन्न, अर्को अभ्यासको तयारी

४ दिने जल उद्धार अभ्यास सम्पन्न, अर्को अभ्यासको तयारी
भक्तपुर, बैशाख २३ गते
विपद् सम्बन्धी पूर्वाअभ्यास विपद् व्यवस्थापनकालागि महत्वपूर्ण रहेको भन्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विपद् व्यवस्थापनमा सतर्कता नअपनाउँदा उद्वारकर्ता र संकतमा परेकाको समेत ज्यान जान सक्ने भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । ४ दिने जल उद्धार अभ्यास २०८३को आज समापन गर्दै प्रजिअ ढकालले बाढी, पहिलो, आगलागी जस्तो विपद्बाट उद्वार र व्यवस्थापन गर्न निरन्तर तालिम आवश्यक भएकोमा जोड दिनु भयो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रजिअ ढकालले विपद् पूर्वभ्यास र अनुभबले मात्रै दृधविश्वासका साथ उद्धार कार्यमा जुत्न सकिने धारणा राख्नु भयो ।
जिल्ला प्रहरीकार्यालय भक्तपुरको आयोजनामा आरएनए १६ समूहको सहकार्यमा भक्तपुरको भाज्या पुखुमा आयोजित ४ दिने सो जल उद्धार अभ्यास २०८३ तालिमको सम्पन्न गर्दै आज प्रशिक्षक अरुण सैंजूलाई धन्यवादज्ञापन तथा तालिमको पूर्वाभ्यास आयोजना गरेको थियो ।

पानी जन्य विपद्मा फसेका मानिसहरुलाई कसरी उद्धार गर्ने तथा पानीमा दबेका तथा घाइतेहरुको उद्धार एवं प्राथमिक उपचार कसरी गर्ने ?भन्ने सवालहरुमा जिल्ला प्रहरी र नेपाली सेनाका ६० जना जवानहरुलाई सो अवसरमा तालिमा दिएको भन्दै सभाका सभापति एवं भक्तपुर जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख सुर्यवहादुर खड्काले विपद् व्यवस्थापनमा जुत्ने उद्धारकर्ताहरु सर्व प्रथम आफू सुरक्षित भएर अरुलाई बचाउनुपर्ने भएकोले यस्तो खालको तालिमको महत्व रहेको चर्चा गर्दै उहाँले तालिमबाट सिकेका ज्ञानसिपहरुलाई आगामी दिनमा हुन सक्ने बाढी पहिलो जस्तो विपद्मा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नु भयो । उहाँले विपद् उद्धारमा टिमवर्कको आवश्यक हुने भन्दै तालिममा सहभागीहरुको ध्यानाकर्षण गराउनु भयो । सो टोलीले आजै वारुद्ध यन्त्र भक्तपुरको अवलोकन तथा निरिक्षण समेत गरेको थियो ।
यसै बीच भक्तपुर नगरपालिका वडा न.. १मा रहेको भाज्या पोखरीमा यसै हप्ता बृहत्तरुपमा विपद् व्यवस्थापन सम्बन्धी थप थालिम दिने तयारी रहेको प्रशिक्षक सैंजूले जनाएको छ ।