मल्ल (प्रधानाङ्ग) प्रतिष्ठानको २७ औं वार्षिक साधारण सभा सम्पन्न

मल्ल ९प्रधानाङ्ग० प्रतिष्ठानको २७ औं वार्षिक साधारण सभा सम्पन्न
( राजुराम मुनंकर्मी
भक्तपुर,
मल्ल ९प्रधानाङ्ग० प्रतिष्ठानको २७ औं वार्षिक साधारण सभा खौमा, भक्तपुर स्थित होटल मल्ल इनको सभाकक्षमा इ। प्रचण्ड मान मल्लको प्रमुख आतिथ्यता एवम् प्रतिष्ठानका अध्यक्ष डा। माधव सुन्दर मल्लको सभाध्यक्षतामा भव्यतापूर्वक सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि इ। प्रचण्ड मान मल्लले प्रतिष्ठानको मुखपत्र तलेजु अङ्क ( ६ को विमोचन गर्नु हुँदै ू मल्ल ९ प्रधानाङ्ग० प्रतिष्ठानका अधिकांश सदस्यहरू भुवन मल्लको दशौं पुस्ता पछिको रहेकोले यसको गरिमा र महत्वलाई आम नागरिक समक्ष पुर्याउनु पर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष डा। माधव सुन्दर मल्लले ू पर्यटन विकासको आधार र देशको पहिचान भन्नु नै मल्लकालीन धरोहरको रूपमा रहेका कला, संस्कृति र सम्पदा नै रहेको चर्चा गर्नुहुँदै यसको संरक्षण र सम्वर्द्धन कार्यमा लाग्नु सबैको दायित्व भएको बताउनुभयो । त्यसैगरी विशेष अतिथि प्रतिनिधि सभा सदस्य माननीय प्रमिला कुलुजु प्रधानाङ्गले ू मल्ल ९ प्रधानाङ्ग० प्रतिष्ठानले प्रतिष्ठानका जेन्जी पुस्तालाई प्रोत्साहन गरी आवद्ध गराएको सर्हानिय कदम भएको चर्चा गर्नुहुँदै ूमहिला सहभागिता र सक्रियताको खाँचो रहेकोू औंल्याउनुभयो । प्रतिष्ठानका उपाध्यक्ष प्रा।डा।राजाराम प्रधानाङ्गले प्रतिष्ठानको शैक्षिक कोषलाई प्राज्ञिक कोष नामाकरण गर्नुपर्ने र नया सोच सहित सदस्यता अभिबृद्धि कार्यमा जोड दिनुपर्ने बताउनुभयो । मन्तव्यकै क्रममा सल्लाहकार उत्तम नारायण मल्ल, श्रीशङ्कर प्रधानाङ्ग, संस्कृतिविद् हरिशरण शर्मा राजोपाध्याय, तलेजु मुखपत्रका अतिथि सम्पादक राजुराम मुनंकर्मीलगायतले ू मल्लकालीन पुरातात्विक सम्पदाहरूको संरक्षण गर्न पैरवी गर्नुपर्ने, उपत्यकाको मल्लहरूलाई मात्रै नहेरी बाहिरी जिल्लामा छरिएर रहेका मल्लहरूको बारेमा पहिचान दिलाउन सक्ने गरी योजना बनाउनुपर्ने सुझाव सहितको धारणा व्यक्त गर्नुभएको थियो ।
सो समारोहमा प्रतिष्ठानले वर्षेनि रूपमा प्रदान गर्दै आइरहेको शैक्षिक छात्रबृति वितरण गर्ने क्रममा यो वर्ष जेहेन्दार विद्यार्थीहरू क्रमशस् आरम्भ संस्कार विद्यालयमा अध्ययनरत बृष्टी श्रेष्ठ ९कक्षा ८ ०, राजश्री गुरूकुलमा अध्ययनरत म्यान्डिसा कर्माचार्य ९ कक्षा ९ ० , शिखर स्कूल, ललितपुरमा अध्ययनरत निर्भी प्रधानाङ्ग निर्भी प्रधानाङ्ग ९ कक्षा ६ ० ,शिक्षान्तर स्कूल, काठमाण्डौमा अध्ययनरत रिभान राजभण्डारी ९कक्षा ३० र लिटिल एन्जेल्स स्कूल, ललितपुरमा अध्ययनरत श्रयश्री मास्के ९ कक्षा ८ ० लाई प्रमुख अतिथिबाट छात्रबृति प्रदान गरिएको थियो ।
त्यसैगरी सोही साधारण सभामा इ। प्रचण्ड मान मल्लबाट रू ५१ हजार र स्व। धनन्जय प्रधानाङ्ग स्मृतिको नाममा उहाँकी छोरी राज्यलक्ष्मी प्रधानाङ्गबाट रू १० हजार रकम छात्रबृति कोषको लागि प्रदान गरिएको थियो ।
उक्त साधारण सभामा प्रतिष्ठानका महासचिव विजय शङ्कर प्रधानाङ्गले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन , कोषाध्यक्ष राजेश भगत प्रधानाङ्गले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन छलफल पश्चात् सर्वसम्मतले पारित गरेको थियो भने कविद्वय सुलोचना सैंजु जोशी र ओमकृष्ण श्रेष्ठले माष्टर जगत सुन्दर मल्ल सम्बन्धी नेपालभाषामा लेखिएको कविता वाचन गर्नुभएको थियो ।
प्रतिष्ठानका सदस्य निलेन्द्रमान प्रधानाङ्गको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा सबैलाई प्रतिष्ठानका कार्यसमिति सदस्य कृष्ण प्रधानाङ्गले कृतज्ञता ज्ञापन गर्नुभएको थियो।