नेमकिपाको ५२ औं स्थापना दिवसको अवसरमा प्रगतिशील गीत प्रतियोगिता आयोजना
भक्तपुर, माघ २४ गते
नेपाल मजदुर किसान पार्टीको ५२ औं स्थापना दिवसको अवसरमा आयोजित भक्तपुर नगर व्यापी प्रगतिशील गीत प्रतियोगितामा बागीश्वरी मावि प्रथम, कमिचागल्ली दिदी बहिनी समूह दोस्रो, जेन्युइन सेकेण्डरी स्कुल तेस्रो र जेँला सांस्कृतिक समाज सान्त्वना भएका छन् । आज भक्तपुर नगरपालिका वडा नं. १०को दथुत्वमा आयोजित प्रतियोगितामा प्रस्तुत २३ वटा गीतहरु मध्ये उत्कृष्ठ प्रतियोगिहरुलाई आजै पुरस्कृत गरिएको छ ।


नेमकिपा भक्तपुरका अध्यक्ष एवं केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले उत्कृष्ठ प्रतियोगिहरुलाई नगद सहित पुरस्कृत गर्नुका साथै सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्नु भयो । सो अवसरमा प्रमुख अतिथि गोसाईले प्रतियोगितामा सहभागि टोल टोलका साँस्कृतिक गायक र गायिका एवं बाद्यबाधकहरुका प्रतिभा देखेर आफू प्रभावित भएको चर्चा गर्दै यी प्रतिभाहरुलाई भक्तपुरमा मात्रै सिमित नगरी विभिन्न सचेतनामूलक कार्यक्रममा सहभागि हुन आह्वान गर्नु भयो । विदेशीसँग मागेर होइन हामीले दिएर देशको विकास गर्नुपर्नेमा जोड दिदै विदेशीको इशारामा विभिन्न पार्टिहरुले नेमकिपाप्रति भ्रम फैलाएको प्रति आपति जनाउँनु भयो । निर्वाचन अगाडी नै माला लगाएर निर्वाचनमा होमिएका मानिसहरु कि भ्रष्टाचारी हुन, कि त अपराधी हुन भन्दै नेमकिपाले भक्तपुरका जनतालाई प्रौड कक्षा र पार्टीबाट शिक्षा दिएर राजनैतिक रुपमा शिक्षित पार्दै आएको बताउनु भयो । यो माघ महिनाभर नेमकिपाको ५२ ओं स्थापना दिवसको सन्दर्भमा विभिन्न कार्यक्रम गरी मनाउदै आएको उल्लेख गर्दै नेमकिपा भनपा १०ले प्रगतिशील गीत प्रयोगिता आयोजना गरेको प्रशंसनीय कार्य गरेको बताउनु भयो ।
सो अवसरमा नेक्रमसंघ भक्तपुरका अध्यक्ष एवं बागमती प्रदेशका सांसद सृजना सैंजूले सयौं वर्ष पूराना सम्पदा कला संस्कृति, मठमन्दिरको निर्माण पुनर्निमार्ण, संरक्षण गर्नु सभ्यताको पुनरजागरण भएको बताउनु भयो । विदेशीको सहयोग विना आफ्नै खुट्टामा उभिएर सभ्यताको पुर्नजागरण गर्नु नयाँ विचार भएको भन्दै उहाँले ईतिहासका भैभवहरु देशको सम्पतीहरु र इतिहास जलाएर नयाँ विचार हुन नसक्दै बताउनु भयो । यहाँको ङातापोल लगायतका सम्पदाहरु हरेक पुस्ताकालागि नयाँ हुन, कामदार वर्गको उठान गर्नु हरेक पुस्ता र युगकालागि नयाँ हुन भन्दै सांसद सैंजूले यो नेमकिपाको विचार र योगदान भएको बताउनु भयो । हिजो यो ठाउँ उपत्यकाको शौचालय र मानिस बस्न लायक नभएको भनेर धेरैले छोडेर हिडेको ठाउँ भएको तर आज भक्तपुर एशियाको सबै भन्दा सफा सहर मध्ये एक भएको चर्चा गर्दै उहाँले यहाँका नेमकिपाका जनप्रतिनिधीहरु चोक चोक गल्लि गल्लि च्वाफि लिएर सरसरफाई अभियान चलाएको इतिहास रहेको स्मरण गर्नु भयो । नेमकिपाले गाउँ ठाउँमा मात्र नभई नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनका खोता विचारमा कुचो चलाउँदै राजनैतिक सरसफाई गर्दै आएको बताउनु भयो ।
जनकवि चन्द्र बहादुर उलकले प्रतियोगितामा सहभिाग प्रतियोगीहरुको अंक र पुरस्कृत टोलिहरुको नामाबली घोषणा गर्नु भएको थियो भने नेक्राकिसंघका गंगाराम ज्याख्व, लक्ष्मीप्रसाद चवालले नेमकिपाको स्थापना दिवसको महत्व बारे प्रकाश पारेका थिए ।













