रफत सञ्चारको १६औं वार्षिकोत्सवःअध्यक्ष विजुक्छेलाई नेपालको नक्सा सहितको मायाको चिनो प्रदान, पत्रकार, चिकित्सक सम्मानित
भक्तपुर, माघ २३ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले ठूल ठूला पत्रकारहरु तथस्त नबस्ने तर तिनीहरुको समाचार तथस्त हुन सक्ने बताएका छन् । पत्रकारहरु साँचो बोल्न र लेख्न तथा कर्तव्यनिष्ट हुनुपर्ने बताउँदै उहाँले आज रफत सञ्चार क्लव भक्तपुरको १६ औं वार्षिकोत्सव समारोहको आज उद्घाटन छन् । होटल हेरिटेजमा आज आयोजित सो समारोहको अध्यक्ष विजुक्छेले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु हुँदै पत्रकारहरु राजनीतिबाट अलग्ग हुन नसक्ने बताएका हुन । साथै सो अवसरमा उहाँले क्रियाशिल पत्रकारहरुलाई दोसल्ला र प्रमाण पत्रसहित सम्मानित गर्नु भयो । आफूले पनि पत्रकारितासँगै राजनीति गरेको स्मरण गर्नु हुँदै अध्यक्ष विजुक्छेले मानिसहरु पनि राजनीतिक प्राणी भएकोले पत्रकारहरु राजनीतिबाट तथस्त नहुने तर समाचार तथस्त हुन सक्ने धारणा राखेका छन् ।
संसारलाई हलाउने ति दश दिन अमेरिकी पत्रकार जोन रिडले रुसि क्रान्ति बारे दस्ताबेजहरु प्रकासित गरेर संसारलाई रुसि क्रान्ति बारे जानकारी पदिको उल्लेख गर्दै अर्का अमेरिकी पत्रकार अन्ना लाओस्किले एटम बम पड्काएर संसार हलि रहेको बेला चीनमा गएर माओसँग अन्तरवार्ता गर्दा एटम बम पनि मानिसले नै बनाएकाले यसबाट डराउन नपर्ने यो कागजको खोस्ता मात्र भएको माओको विचार सञ्चार भएपछि निरास भएका संसरभरका मानिसहरुलाई आसाको सञ्चार भएको बताउनु भयो ।
सो अवसरमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले भक्तपुरलाई हरेकबाट चिनाउने महत्वपूर्ण भूमिका पत्रकारहरुले गर्दै आएको बताउँदै भक्तपुरलाई शिक्षा, स्वास्थ्य हरेक क्षेत्र विकास भएकाले पनि नयाँ शहरहरु बन्दै जनघनत्व पनि बढेको चर्चा गर्नु भयो । भक्तपुरलाई समृद्धि बनाउने सबै पक्षको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै मन्त्री थापाले बागमती प्रदेशका विभिन्न जिल्लाहरुबाट उपचारकालागि शहर आउन नपर्ने गरी स्थानीय स्तरमा स्वास्थ्य पुर्वाधारहरु बन थालेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले आसन्न चिर्वाचनमा पत्रकारहरुले कुनै खास उम्मेदवारको पक्षमा भन्दा उम्मेदवारहरु र जनताको बीचमा पुलको काम गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले पार्टी र उम्मेदवारहरुका एजेण्डा र भुइमान्छेको मुद्दा के छन् ? ति कुरा एक आपसमा पुयाउन सके मात्रै जनताका उपयुक्त जनप्रतिनिधी छनौट गर्न सक्ने धारणा राख्दै अध्यक्ष झाले पत्रकारले राजनीति जान्नु पर्छ, बुझ्नुपर्छ तर राजनीति नै गर्नु चाहि हुँदैन की बताउनु भयो ।
क्लवका अध्यक्ष शुशिल थापाको सभापतित्वमा आयोजित सो कार्यक्रममा नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेंले दोसल्ला ओडाएर तथा ताम्रपत्र ् नगद सहित राससका फोटो पत्रकार रत्न श्रेष्ठ, कैलाश खवरका विनोद विश्वकर्मालाई रफत क्लवको क्रियाशिल पत्रकारिताबाट सम्मानित गरेको थियो भने ख्वप अस्पतालका चिकित्सक मनिष प्रधानाङ्गलाई कल्पना स्मृति पुरस्कारबाट पुरस्कृत गर्नु भएको थियो । साथै सो अवसरमा विभिन्न सहयोगि संघ संस्थाहरुलाई मायाको चिन्ह प्रदान गरेको थियो भने कार्यक्रमका प्रमुख अतिथि विजुक्छेलाई नेपालको नक्सा सहितको मायाको चिन्नो प्रदान गरेको थियो ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...












