सरस्वती माविको ६५ औं वार्षिकोत्सव, विद्यार्थी लक्ष्यजीत र समृद्धि मल्ल सम्मानित
भक्तपुर, माघ ४ गते
सरस्वती मावि थाकलमथले ६५ औं स्थापना दिवसको अवसरमा सहयोगि संघ संस्था, पत्रकार, विद्यार्थीहरु सम्मानित भएका छन् । विद्यालय प्रांगणमा आज आयोजित वार्षिकोत्सव समारोहमा पत्रकार कृष्ण किसी, प्रेमध्वज लामा, हरिसरण लामिछाने, हरिसुन्दर छुकां सहित नवयुवाहरु लक्ष्यजीत मल्ल र समृद्धि मल्ल पनि सम्मानित भएका हुन । विद्यालयको कक्षागत उत्कृष्ठ तथा अतिरिक्त गतिविधिका विजयी विद्यार्थीहरुलाई सम्मानित गर्दै विभिन्न कलाकारहरुको साँस्कृतिक प्रस्तुतीसँगै आयोजित वार्षिकोत्सव समारोहमा बागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले उहाँहरुलाई सम्मानित गर्दै निजी विद्यालय भन्दा सामुदायिक विद्यालय उत्कृष्ठ रहेको चर्चा गर्दै सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरुको सक्रियताले विद्यालयको स्नोती सम्भव हुने बताउनु भयो ।



सरकारी जागिर कहिले जाला घाम नभनी सामुदायिक विद्यालयलाई अझ उत्कृष्ठ बनाउन आवश्यक भएकोमा जोड दिदै उहाँले बागमती प्रदेश सरकारले पनि सामुदायिक विद्यालयको विकासकालागि विभिन्न शिर्षकहरुमा सहयोग गर्न तत्पर रहेको बताउनु भयो । सो अवसरमा बागमती प्रदेशका पूर्व मन्त्री एवं सांसद हरिप्रभा खड्कीले आफ्नो जन्मभूमीप्रति असिम माया जाग्ने गरेको अनुभूती सुनाउँदै सरस्वती माविलाई अहिलेको समयको माग अनुसार शैक्षिक विकास गर्न ध्यानाकर्षण गराउनु भयो ।
कक्षा १२ सम्म अध्ययन अध्यापन भइरहेको सरस्वती मावि थाकलमथलमा हाल ३२७ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जिव पूरीले जनाएको छ । सो अवसरमा नेपालको मल्लकालिन मुद्दा देखि हालसम्म निस्कासन गरिएका विभिन्न प्रकारका मुद्राहरु संकलन गर्नुका साथै अध्ययन र अनुसन्धान गरि नेपालको संस्कृती जगेर्नाकालागि महत्वपूर्ण योगदान पुर्याउनु भएको योगदानको कदर स्वरुप अभियन्ता मन्जित मल्लका छोरा कक्षा ८ पढ्ने लक्ष्यजीत मल्ल र छोरी कक्षा ६ पढ्ने समृद्धि मल्ललाई विशेष सम्मान व्यक्त गरेको थियो । सो अवसरमा विद्य्रालयको विकासम सहयोग पुर्याउने भक्तपुर सहयोग विकास समिति सहति विभिन्न संघ संस्था र व्यक्तित्वहरुलाई पनि सम्मानित गरेको थियो ।














