बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुने भएको छ ।
बास नेपालले विगत ५ बर्ष देखि निरन्तर सञ्चालन गर्दै आएको स्लो वाइक प्रतियोगिताको छैठौं श्रृखला कार्तिक २७ गते नेपालगन्जमा हुने भएको हो ।
ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा हुने उक्त प्रतियोगिता नेपालगन्जको न्यूरोडमा सञ्चालन हुनेछ । निर्धारित १०० मिटरको दुरी सबै भन्दा कम समय लगाएर अर्थात सुस्त गतिमा पार गर्ने प्रतियोगि बिजयि हुनेछन् । प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने प्रतियोगिले क्रमशः १५ हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले गर्न लागिएको सो प्रतियोगितामा विभिन्न निकायहरुको सहकार्य रहनेछ ।
प्रतियोगिताबाट पछिल्लो समय युवा पुस्ताहरु तिब्र गतिमा सवारी चलाउदा दैनिक जसो दूर्घटनाको सिकार भईरहेको अवस्थामा आम नागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउँदा दूर्घटना जस्तो भयावह अवस्थाबाट जोगिन सकिन्छ भन्ने कुराको सन्देस प्रवाह गर्ने, हुने अपेक्षा लिईएको छ । प्रतियोगितामा प्रतियोगिहरुले अनलाईन तथा कार्यालयमा नै आएर नाम दर्ता गर्न सक्ने गरी ब्यवस्थापन गरिएको छ । सहभागिता जनाएर सवारी दूर्घटना न्यूनीकरणमा एक्येबद्धता जनाउन बासले सबैमा अपिल गरेको छ । प्रतियोगिता कार्तिक २७ गते आईतबार दिउसो १ बजे गर्ने कार्यतालिका रहेको छ ।
Featured Posts – Style 1
भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लब
2026-08-09 Comments Off on भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लब
भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लबकाठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेको भन्दै क्लबका सञ्चालक...
ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्मा
2026-08-08 Comments Off on ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्मा
ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्माभक्तपुर, श्रावण २३ गतेभक्तपुर प्रहरीले एलपी ग्यासमा कालो बजारी गरेका भन्दै व्यवसायाीलाई नियन्त्रणमा लिएको छ...
तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’
2026-08-08 Comments Off on तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’
तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’ भक्तपुर, २२ साउन । चाँगुनारायण नगरपालिका–९, ताथलीको सौडोलको खगां टोलमा विगत करिब तीन...
चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त
2026-08-08 Comments Off on चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त
चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त काठमाडौं, साउन २४ चार दशकदेखि नेपाली रंगमञ्चमा सक्रिय रंगकर्मी जीतबहादुर...
मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि
2026-08-07 Comments Off on मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि
मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि(रमेश गिरी)भक्तपुर, २२ साउन । मध्यपुर...













