हुलाक सेवा स्मार्ट बन्दै !
भक्तपुर, चैत्र १२ गते
विश्वका ७१ राष्ट्रमा पार्सल सेवा विस्तार गरी देशको छवि मात्र नभई आयआर्जन गर्न समेत सफल नेपालको हुलाक सेवालाई भने समुदायले चिठ्ठी पत्र आदानप्रदान गर्ने अद्दाको रुपमा मात्रै चिन्दै आएका छन्् । अनलाईन प्रविधिको विकाससँगै सेलाउँदै गएको हुलाक सेवालाई युग सुहाउँदो बनाउनुपर्ने सरोकारवालाहरुले जोड दिइ रहँदा नेपालको हुलाक सेवालाई गत २।३ वर्ष देखि नै स्मार्ट हुलाक बनाउने तयारी भइरहेको भन्दै हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टाई पंगेनीले हुलाक सेवा सबै क्रमिक रुपमा कम्प्युटर प्रविधिमा जोडिने जनाएका छन् । यस वर्ष ५० हुलाकलाई स्मार्ट बनाउने लक्ष्य रहेको चर्चा गर्दै उहाँले जिल्ला हुलाक कार्यालय भक्तपुरले आयोजना गरेको एक कार्यक्रम बीच हुलाक सेवा सम्बन्धी नागरिक तथा सरोकारवालासँग विहिबार अन्तरक्रिया गरेका हुन । हुलाक सेवाका सबै कर्मचारीहरुलाई कम्प्युटर प्रविधिमा दक्ष बनाउन सके मात्रै स्मार्ट हुलाक हुने उल्लेख गर्दै उहाँले श्रोत भन्दा सोचबाट विकास गर्न संम्भव हुने बताएका छन् । विद्युतीय व्यापारमा विश्वव्यापी प्रतिस्पर्धामा उत्रन हुलाक सेवाको स्तरउन्नतिको आवश्यकतामा जोड दिदै हुलाक सेवाबाटै देशलाई आर्थिक आर्यआर्जनमा समेत उल्लेख्य योगदान गर्न सकिने सभाका अध्यक्ष समेत रहेका पंगेनीले बताएका छन् ।
सार्वजनिक निकाय, बैक तथा वित्तिय संस्था, पत्रकार, जिल्लाका सुरक्षा अधिकृतहरु, सामाजिक संघसंस्था, सहकारी संस्थाका प्रतिनिधीहरुको सहभागितामा आयोजित सो अन्तरक्रिया कार्यक्रमका विशेष अतिथि भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सरकारको विश्वनीय सेवाको रुपमा हुलाक सेवा रहेको चर्चा गर्दै देशकै एक पूराना सेवाको रुपमा हुलाक सेवा रहेको बताउनु भयो साथै उहाँले नेपालको हुलाक सेवाले विश्वव्यापी इजत कमाइरहेको बताउनु भयो । कार्यक्रममा हुलाक प्रशिक्षण केन्द्रका मुख्य प्रशिक्षक ध्रुवराज आचार्यले हुलाक सेवाको संवैधानिक व्यवस्था, प्रचलित सेवाहरु र कार्य योजनाहरु बारे प्रस्तुतीकरण गर्दै यो सेवा विश्वका ७१ देशको सञ्जालमा जोडिएको जनाएका छन् । देशकबो कला संस्कृति, सम्पदा, प्रकृति व्यक्ति, व्यक्तितवलाई समेत देश विदेशमा चिनाउन हुलाक सेवा सक्षम रहेको भन्दै उहाँले विश्वव्यापी नियम अनुसार नेपालको हुलाक सेवालाई पनि स्मात हुलाकको रुपमा विकास गर्ने कार्य योजना रहेको जानकारी दिएका थिए । सो अवसरमा भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघका व्यवस्थापक बालकृष्ण ध्वजूले नेपालको हुलाक सेवाहरु समुदाय बीच पुग्न नसकेको टिप्पणी गर्दै हुलाक सेवा विभागले निर्देशित कार्यक्रम र सेवा सुविधाहरु बारे समुदायमा प्रष्ट पार्न आवश्यक भएकोमा जोड दिएका थिए ।
जिल्ला हुलाक कार्यालय भक्तपुरका प्रमुख सिता लिम्बुले सहजिकरण गरेको सो कार्यक्रम हुलाक सेवा विभागका निर्देशक जमुना मिश्र, लिलाराज पौडेल, प्रमुख हुलाक अधिकृत ढालब.जिसी सहितको आतिथ्यतामा आयोजना भएको थियो ।














