मध्यपुर थिमीमा उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता २०७७ हुने

मध्यपुर थिमीमा उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता २०७७ हुने
मध्यपुर थिमी, चैत्र २१ ग्ते
मध्यपुर थिमीमा उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता २०७७ हुने भएको छ । सो अवसरमा नाय्खिं बाजा प्रशिक्षण पनि आयोजना हुने आयोजक ओस्ला नेपालले जनाएको छ । ओस्ला नेपालले शनिबार मध्यपुर थिमीमा पत्रकार सम्मेलन गरी सो बारे जानकारी दिएका हुन । परम्परागत र मौलिक बाजाको रुपमा रहेको धिमेबाजाको प्रवर्धन गर्दै हराउँदै गएको नाय्खिं बाजाको संरक्षणको लागि सो प्रतियोगिता एवं प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले जनाएको छ ।
मध्यपुर थिमी नगरपालिकाको सहयोगमा आयोजना हुने सो धिमे बाजा प्रतियोगिता यही चैत्र २८ गते हुने अध्यक्ष श्रेष्ठले जनायो । प्रतियोगितामा १५ वटा खलः । पुचःले सहभागिता जनाउने आयोजकहरुले अपेक्षा गरेको जनाउँदै सो प्रतियोगिताको लागि ४ लाख बजेटको लागत इष्टिमेगको ब्यवस्था गरेको उल्लेख गर्दै प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १५ हजार, शिल्ड, पदक तथा प्रमाण पत्र, दोस्रो हुनेलाई रु १० हजार, शिल्ड, पदक तथा प्रमाण पत्र, तेस्रो हुनेलाई रु.५ हजार, शिल्ड, पदक तथा प्रमाण पत्र एवं सान्त्वना पुरस्कारमा शिल्ड, पदक तथा प्रमाण पत्रको ब्यवस्था गरेको जनाएको छ । प्रतियोगिता मध्यपुर थिमीस्थित बालकुमारी प्रांगणमा सो दिन विहान १०ः३० बजे देखि हुने छ । प्रतियोगितामा एउटा समूहबाट धिम २, भुस्या २, तथा छुस्य वा अन्य बाजा १ गरी ५ जनाले सहभागिता जनाउन पाउने नियम बनाएको छ भने एउटै टिमबाट बढीमा ुदई समूहले सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा दर्ता सुल्क रु.१ हजार मात्र राखिएको छ । आयोजक ओस्ला नेपालले यसभन्दा अगाडी पनि ४ पटकसम्म धिमेबाजा प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको अध्यक्ष श्रोष्ठले जनाएको छ ।