धर्ममा भएका असल कुराले नै अभिभावकलाई सही अभिभावकत्व ग्रहण गर्न सिकाउने
काठमाण्डौ, पुस ७ गते
धर्ममा भएका असल कुराले नै अभिभावकलाई सही अभिभावकत्व ग्रहण गर्न सिकाउने धर्मगुरुहरूले बताएका छन्। बालबालिकालाई सकारात्मक अभिभावक तर मानसिक स्वास्थ्य विषयक निरन नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न धर्मका धर्मगुरुहरूले बालबालिकाको भावनात्मक विकास, उहाँहरूको मानसिक स्वास्थ्य ,सहन सक्ने क्षमता, उत्प्रेरणा वृद्धि र खुसी हुन सक्ने वातावरण बनाउनको लागि धार्मिक गुरुहरूको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । कार्यक्रममा निरन नेपालका अध्यक्ष इसु जंग कार्कीले बालबालिकालाई अभिभावकले आशाको सञ्चार गर्नुपर्ने र उनीहरूलाई उत्प्रेरणा मार्फत सही दिशामा अगाडि बढाउनुपर्ने बताउनुभयो।
– कार्यक्रममा साइक्याट्रिक्स एवं अनुसन्धानकर्ता डा जस्मिन माले बालबालिकाको लागि अभिभावकले आफैले राम्रो र असल काम गर्ने र राम्रो र असल बानी गरेर बालबालिकालाई सिकाउनुपर्ने बताउनुभयो । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ प्रशासन प्रमुख शिला श्रेष्ठले बालबालिकाको लागि मनको कुरा खोलौं भन्ने अभियान आफूहरूले गरेको बताउनुभयो । मानसिक स्वास्थ्यका लागि सञ्चारमाध्यमले पनि विशेष भूमिका खेलिरहेको सीआईएनका प्रमुख दीपक आचार्यले बताउनुभयो । कार्यक्रममा अन्तर्धार्मिक परिषद्का अध्यक्ष दामोदर गौतम , मानव अधिकारकर्मी शोभाकर बुढाथोकी , वरिष्ठ पत्रकार तीर्थ कोइराला, राष्ट्रिय किशोरी सञ्जालका प्रतिनिधिहरू , मुस्लिम आयोगका अध्यक्ष मोहम्मद मुद्धनी, राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारी, राष्ट्रिय बाल परिषद्का उपाध्यक्ष बम बानिया लगायतको उपस्थिति रहेको थियो।













