कमलविनायक सडक निर्माणकालागि डिभिजन सडक कार्यालय भक्तपुरमा डेलिगेशन
भक्तपुर, कार्तिक १८ गते
हिलो र धुलोमय मात्र होइन सधै सवारी जाम भएर जनजीवन अस्तव्यस्त हुन थालेको कमलविनायक सडक पुनः निर्माणकालागि भक्तपुर नगरपालिका वडा नं. १०को पहलमा सडक डिभिजन कार्यालय भक्तपुरको ध्यानाकर्षण गराएको छ । स्थानीय वडावासीहरुसहित वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाको नेतृत्वमा बिहिबार सडक डिभिजन कार्यालय भक्तपुरमा डेलिगेशन गई सो सडक मर्मत कार्यकालागि ध्यानाकर्षण गराएका हुन । नगरकोट सडक निर्माणसँगै यो सडक पनि बनाउने सरकारी योजना भएपनि ठेक्का रड भएपछि भक्तपुर नगरपालिका क्षेत्रका सडकहरु बन्न सकेको थिएनन् । चाँगुनारायण नगरपालिका क्षेत्रको सडक नगरपालिकाको आफ्नै बजेटबाट निर्माण गरि सकेको छ भने भक्तपुर नगरपालिका क्षेत्रका नगरकोट सडक खण्ड अन्तर्गत बेखाल ज्याखु फल्चा देखि खरिपाटी ब्यारेक सम्मको सडक स्तररोन्तिमा जनचासो बढेको छ । सडकमा हिलोमैलो, खाल्डाखुल्डीले भरिएपछि सवारी आवागमनमा समस्या हुनुका साथै स्थानीय जनताको जनजीवनमा प्रभावित मात्र होइन नगरकोट जाने पर्यटकहरुकालागि समेत जोखिम बढेको छ । गत वर्ष भूमिगत तार बिछ्याउने सरकारी योजना कार्यान्वयन गर्दा खनिएका सडकहरु पुनःनिर्माण नगरिदा पनि सो सडक थप जीर्ण बनेको स्थानियको गुनासो छ ।
विगत केही बर्ष अघि देखि नगरकोट सडक खण्डको भनपा १० अन्तर्गत पर्ने उक्त सडक हिलामे र धुलामे भई सडकमा आवात जावत गर्न कष्टकर भएको थियो । सडकको नाजुक अवस्थाका कारण अत्यधिक ट्राफिक जामको समस्या जिउकातुउ रहेको र सडकको खल्डाखुल्डीले रात्रीको प्रहारमा टिपरले प्रत्येक क्षण कम्पनमय जीवनयापन गर्न बाध्य भएको कुरा स्थानीयबासीहरुले गुनासो गर्दै आएका छन् ।
सडकको दयनीय अवस्थाका कारण दिर्घ रोगी तथा मानसिक रोगी बद्दै गएको जनगुनासो बढ्दै गएपछि वडा कार्यालयको पहलमा सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएका हुन । सो अवसरमा जनगुनासोको सम्बोधन गराउन समयमै सम्बन्धित निकायले यस बिषयमा सजक भई सडक स्तररोन्नति गर्नु पर्ने कुरा भनपा १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले सम्बन्धित कार्यालय प्रमुखलाई बताउनु भयो । २०७१ साल देखि यो सडक बनाउने सरकारीय योजना थियो । सामान्य तालतुमै आलटाल गरी यो सडक स्तररोन्नति गर्न अनुकुल समय र मौसमको पर्खाइमा रहयो । सरकारी ठेक्का रद्द भइसक्केपछि पनि नयाँ योजना बन्न नसक्दा स्थानीयले सडक जामसम्मका योजना बनाएपछि दशै अगाडी सडकमा तालतुले कार्य गरेको थियो । अहिले फेरी हिलो मैलो र खाल्डाखुल्डीले सडक भरिएपछि स्थानीय बेचेन भएका छन् । यस्तो अवस्थामा भबिष्यमा हुन सक्ने सडक दुर्घटनाको भागी सम्बन्धित सडक डिभिजन कार्यालय हुन पर्ने भन्दै डेलिगेशनमा पुगेका टोलीले गम्भिर ध्यानाकर्षण गराउनु भयो । सम्बन्धित निकाय निकायले ईमानदारी पूर्वक आफ्नो जिम्मेवारी निभाएको भए केही समय अघि नयाँ पुस्ताका नाममा भएको विध्वंस राज्य बेहोर्नु नपर्ने कुरा भनपा वडा १० वडा अध्यक्ष ह्यौमिखाले थप्नु भयो ।
सडक डिभिजन कार्यालयका वरिष्ठ डिभिजन ईन्जिनियर सुमन योगेशले विगत दुई बर्ष अघि यस नगरकोट सडक खण्ड स्तररोन्नति बजेट अनुसार कार्य गर्न खोज्दा विद्युुटको भूमिगत तार विछ्याउने कार्यले गर्न नसकेको र हाल गर्ने भनी दशैंमा तारतारम्य मिलाउदा अहिले यो सडकको जिम्मेवारी केन्द्रबाट प्रदेश सरकारमा पुगेकोे भन्दै सडक डिभिजन कार्यालय जनगुनासोबाट पन्छिन खोजेको स्थानीयको आरोप छ । सडक बनाउने जस्को जिम्मेबारी भएपनि मर्मत वा पुर्ननिर्माण गर्न जनगुनासो आएपछि स्वत पुनःनिर्माण हुनुपर्ने स्थानीयको माग छ । सडकको कर चाहि लिने मर्मत गर्नुपर्ने भएपछि गैर जिम्मेबार हुनुभएन स्थानीयहरु बताउँदैछन् ।
Featured Posts – Style 1
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...
भक्तपुरमा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना असुलका लागि अदालत पेस
2026-09-23 Comments Off on भक्तपुरमा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना असुलका लागि अदालत पेस
भक्तपुरमा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना असुलका लागि अदालत पेस भक्तपुर। अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत भक्तपुर प्रहरीले...
चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुने
2026-09-23 Comments Off on चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुने
चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुनेभक्तपुर, असोज ९ गते।चाँगुनारायण नगरपालिका–९, ताथलीमा ऐतिहासिक, मौलिक तथा परम्परागत ुखगां...
चट्टान अभिलेखको प्रचार र संरक्षणकालागि ’वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्न
2026-09-22 Comments Off on चट्टान अभिलेखको प्रचार र संरक्षणकालागि ’वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्न
चट्टान अभिलेखको प्रचार र संरक्षणकालागि ’वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्नभक्तपुर, असोज ६ गतेचाँगुनारायण नगरपालिका...













