सम्पदाप्रेमीहरुद्वार निलबाराही संरक्षण अभियान बारे लिए आज जानकारी
मध्यपुर, कार्तिक १ गते
सम्पदा बचाउ अभियान्ताहरुले आज भक्तपुरको ऐतिहासिक निलबाराही मन्दिर क्षेत्र संरक्षण अभियान बारे जानकारी दिएका छन् । जगातीको अरनिको राजमार्गसँगै रहेको हिटी संरक्षणकालागि आज सरसफाई गर्न भक्तपुर आएका अभियान्ताहरुले निलबाराही मन्दिर क्षेत्रको संरक्षण अभियान बारे पनि अवलोकन गर्दै पछिल्लो अवस्था बारे जानकारी लिएका छन् ।


सो अवसरमा अभियान्ता अनिश बैद्यले माटोको अभाबमा निलबाराही क्षेत्रको जोखिमयुक्त पहिरो रोकथाम गर्न बिलम्ब भइरहेको भन्दै मन्दिर संरक्षणकालागि सरकारी र नगरपालिकाका योजनाहरु उपर्युक्त नभएको भन्दै त्यसको खण्डन गर्नु भयो । २४ सय वर्ष पूरानो नेवाः सभ्यताको जीवन्त इतिहास बोकेको निलबाराही मन्दिरको अस्तित्व नै गुम्ने गरी कंक्रृत प्रविधिबाट मन्दिर संरक्षण हुन नसक्ने भन्दै उहाँले प्राकृतिकरुपमै मन्दिर संरक्षणकालागि पहल गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले भन्नु भयो हाम्रो सभ्यता र संस्कृतिको पहिचान बोकेको निलबाराहीको जलकुण्ड नै धरापमा पर्ने गरी कंक्रृटका निलहरु गाड्नु यो मन्दिरको संरक्षण नभई अस्तित्व नै समाप्त पार्ने षद्यन्त्र हो । यस्तो घाटक काम कदापि गाराउन दिने छैनौं ।
धार्मिक, साँस्कृतिक, सामाजिक तथा तान्त्रिकरुपले समेत महत्वपूर्ण मानिएका नेवाः सभ्यताका विभिन्न सम्पदाहरु मध्ये मध्यपुरको निलबाराही मन्दिर पनि एक भएकाले यसलाई कंक्रृटले नभई प्राकृतिक तवरबाटै संरक्षणकालागि सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउनुपर्नेमा सहभागि अभियान्ताहरुले जोड दिएका थिए । जनश्रमदानबाटै निलबाराही मन्दिर संरक्षण अभियान सञ्चालन गर्नु प्रशंसनीय कार्य भएको भन्दै सहभागि अभियान्ताहरुले स्थानीय पालिका र जनप्रतिनिधीहरुलाई समेत यस बारेमा सचेत पारेर समन्वयात्मकरुपमा सम्पदा संरक्षण गर्न आवश्यक भएकोमा जोड दिएका थिए ।
दातृ निकायको सहयोग अर्वौ भएपनि स्वकार्ने तर मन्दिरको अस्तित्व नै धरापमा पापर्ने, धर्म परिवर्तन गराउने, नेवाः सभ्यता नै समाप्त पार्ने स्वार्थ केन्द्रित आयोजनाहरु कार्यान्वयन गर्न नदिने भन्दै अभियान्ताहरुले सो अवसरमा एक्यवद्धता नै जनाएक थिए । यस्तै सम्पदा संरक्षण अभियान सञ्चालन गर्न काठमाण्डौको मरु टोलमा कार्यालय स्थापना गरी सम्पदा संरक्षण अभियान सञ्चालन गर्दै आएको भन्दै अभियान्ता सुमन सायमीले नेवाः सभ्यताको प्रतिक निलबाराही मन्दिर संरक्षण गर्न नेवाः समुदाय एकजुत हुन आग्रह गर्नु भयो ।














