भोली देखि तःमुज्या अयोजना हुने, आज सकुन्दा र्याली
भक्तपुर, असोज १७ गते
४५ औं नेपाल भाषा साहित्य तःमूज्या तथा सांस्कृतिक ब्वज्याको अन्तिम तयारी पूरा गरेको छ । भोलि र पर्सि अर्थात असोज १८ र १९ गते इताछेस्थित नःपुखु परिसरमा आयोजना हुने तःमुज्याको आज अन्तिम तयारी पूरा गर्दै ४५ औं तःमुज्याले दर्शक शुभचिन्तकहरुलाई आज निम्तो दिन सुकुन्दा र्याली पनि आयोजना गरेको छ । नःपुखु परिसरबाट सुरु भएको सुकुन्दा र्याली इटाछें, दरवा क्षेत्र, चोछें, भुलाछें महालक्ष्मी, गछें, सूर्यमढी, दत्तात्रय, स्कूलध्वका, तौमढी, नासमना, इटाछें हुँदै पुनः नपुखु परिसरमा रहेको ४५ औं तःमुज्या हुने परिसरमा पुगेर सम्पन्न गरेको छ । ४५ औं नेपाल भाषा साहित्य तःमुज्याका अध्यक्ष रविन्द्र खर्बुजाले ठूलो सुकुन्दामा दीप प्रज्वलन गरी उद्घाटन गरिएको सुकुन्दा र्यालीसँगै सम्पूर्णमा दर्शक, साहित्यकार, कलाकार, अतिथि, सर्व साधारण समुदाय र सुभचिन्तकहरुमा आमन्त्रण गरिएको आयोजक समितिले जनाएको छ ।

असोज १८ गते विहान ठिक ११ बजे देखि सुरु हुने ४५ औं नेपाल भाषा साहित्य तःमुज्याको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रामुख आतिथ्यतामा तःमुज्या आयोजना हुँदै छ । जनज्योति पुस्तकालयको प्रांगणमा आयोजना हुने यसपालिको तःमुज्याको तयारी बारे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज साँझ अवलोकन गर्नु भएको थियो ।
साथै एक हजार दर्शकहरुलाई घामपानीबाट सुरक्षित हुने गरी तःमुज्याको मञ्च व्यवस्थापन भएको आयोजक समितिले जनाएको छ । मौसम प्रतिकुल भएकोले यसवर्षको तःमुज्याकालागि प्राविधिक रुपले पनि तःमुज्याको तयारी पुरा गरेको आयोजक समितिले जनाएको छ । मञ्चको पश्चिमतर्फ पार्किंकको व्यवस्था र ठाउँ ठाउँमा शौचालयको व्यवस्था गरी यस वर्षको तःमुज्याको तयारी विगतका वर्षको जस्तै भव्य तयारी पुरा गरेको आयोजक समितिले जनाएको छ ।
्यसवर्षको तःमुज्यामा ३२ वटा कविता सहित दर्जनौं कथा, निवन्ध वाचन हुने साहित्य उपसमितिका संयोजक एलके सुन्दरले जनाएको छ । अतिथिहरुबाट पनि विशेष साहित्य वाचन हुने भन्दै उहाँले साहित्य वाचनको कार्यतालिका भोली विहान मात्रै प्रकाशित हुने जानकारी दिएको छ ।














