आजबाट भक्तपुरमै ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ
भक्तपुर, असार ३ गते
ट्राफिक गल्टि गर्नेलाई कार्वाही र जरिवानाको नोटिस नीजको मोबाइलमा पठाउने तयारी भइरहेको भन्दै काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयका प्रमुख पोषराज पोखरेलले आज भक्तपुरमै ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेका छन् । काठमाण्डौको बगिखानामा पनि ट्राफिक सचेतना कक्षा सञ्चालनका पर्याप्त पूर्वाधार नभएको भन्दै एसी सहितको कक्षा सञ्चालनको तयारीमा रहेको पनि सो अवसरमा उहाँले जानकारी दिनु भयो । बढ्दो ट्राफिक दुर्घटना न्यूनिकरणको जिम्मेबारी ट्राफिक प्रहरीको मात्र नभए पनि ट्राफिक प्रहरीले सत प्रतिशत जिम्मेवारीता साथ काम गरिरहनु परेको बताए । उहाँले भन्नु भयो ट्राफिक प्रहरीको १५ प्रतिशत मात्र जिम्मेबारी हो तर सत प्रतिशत जिम्मेवारिताका साथ काम गर्दै आएका छौं यद्यपी धेरै जनगुनासो ट्राफिक प्रहरीमाथि आइरहेको चर्चा गर्दै उहाँँले जति धेरै गुनासो आयो त्यति नै सुधार्ने मौका मिल्ने भन्दै ट्राफिक सुधारका लागि भए पनि गुनासो गरिदिन आग्रह गर्नु भयो । २ सय मात्र होइन २३७ पटक सम्म ट्राफिक कार्वाहीमा परेकाहरु रहेको चर्चा गर्दै उहाँले सडकको क्षमता भन्दा बढी भारका सवारी साधन सञ्चालनमा आएका कारण पनि सर्वारी दुर्घटना बढेको बताउनु भयो ।
उपत्यकामा ट्राफिक चाप बढेको प्रति कुनै लेखा जोखा नभएको र त्यस अनुपातमा बाटो, पार्किङ एवं पर्याप्त पूर्वाधारको समेत व्यवस्था नहुनुले बढ्दो दुर्घटनाले धनजनको क्षति भइरहेको बताउनु भयो । पछिल्लो चरणमा नक्कली लाइसेन्स, बिल बुक मात्र नभइ नक्कली सवारी साधनको पनि बिगबिगि बढेको ट्राफिक प्रहरीले पुष्टि गरेको कार्यालय प्रमुख पोखरेलले बताउनु भयो ।
आयोजक भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धरले सभापतित्व ग्रहण गर्दै सवारी दुर्घटना न्यूनिकरण र जाम घटाउनका लागि सबै पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिदै कोटेश्वर देखि सुर्यविनायक सम्म ट्राफिक प्रहरीका ५ वटा पोष्ट स्थापना गरी सवारी निगरानी बढाएमा ५० प्रतिशतसम्म दुर्घटना न्यूनिकरण हुने विश्वास व्यक्त गर्नु भयोे ।
मापसे, लाइनक्रस, राटोबटि नाघ्ने र तिव्रगतिमा सवारी चलाएर कार्वाहीमा परेका चालकहरुको सजिकरणकालागि भक्तपुरमै ट्राफिक सचेतना कक्षा सञ्चालनको व्यवस्था रहेको भक्तपुर ट्राफिक कार्यालयका प्रमुख राजु कार्कीले बताए । जिल्लामा गत जेष्ठ मिहिनामा मात्रै २१ सय जना चालकहरु ट्राफिक कार्वाहीमा परेको चर्चा गर्दै उहाँले ट्राफिक गल्टि नगरोस, कार्वाहीको चिट पनि काट्न नपरोस भन्दै अव ट्राफिक गल्टि गर्नेहरुको तथ्यांग सिसि क्यामेरामार्फत पनि राख्ने तयारी भएको बताउनु भयो । कोटेश्वर देखि साँगासम्मको १६ किमीसम्मको क्षेत्रमा सिसि क्यामेरा जडान भइ सकेकोे उल्लेख गर्दै ट्राफिक अगाडी नभए पनि ट्राफिक गल्टि गर्नेलाई कार्वाहीको डायरामा ल्याउने बताउनु भयो ।
उहाँले ट्राफिक सचेतना कार्यक्रम ट्राफिक दुर्घटना फेरी पनि नहोस भन्नका लागि भक्तपुरमै व्यवस्था गरेको बताए । ट्राफिक कार्वाहीबाट सुरुमा ५००, दोस्रोमा १००० र तेस्रोलाई १५ सय र हाल २ हजारसम्म पनि जरिवाना गर्न सकिने व्यवस्था भएको चर्चा गर्दै उहाँले बढी शुल्क उठाएर ट्राफिक प्रहरीले लाभ लिने गरेको जनगुनासो झुठो रहेको बताए ।
भक्तपुर ट्राफिक कार्यालयको विशेष पहलमा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर यातायात समन्वय समितिको आयोजनामा सो कार्यक्रम आयोजना गरेको थियो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














