बाराही साकोसको २६औं साधारण सभा सम्पन्न
भक्तपुर,असोज ३ गते
श्री बाराही वचत तथा ऋण सहकारी संस्था लिंले आज सरकारकोे नीति, निर्देशन अनुसार विधि र प्रविधिबाट सहकारी मूल्यमान्यता अनुसार प्रभावकारीरुपमा सञ्चालन र व्यवास्थापनका विभिन्न सवालहरु माथि चर्चा गर्दै २६ औं वार्षिक साधारण सभा आयोजना गरेको छ ।
साधारण सभामा सहभागि सदस्यहरु बीच बिशुद्ध सहकारी अभियान बारे समीक्षा र प्रशिक्षण दिदै बाराही साकोसले २६ औं वार्षिक साधारण सभा आयोजना गरेको हो । राष्टिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाको साधारण सभा बारे गत भाद्र १७ गते जारी निर्देशन अनुसार वार्षिक साधारण सभा तड्कभडक तथा बढी खर्च नगरी सदस्य समुदाय बीचमा मात्रै मनाउन निर्देशन जारी भए पछि सोही निर्देशन अनुसार संस्थाका जेष्ठ सदस्य नारांकृष्ण त्यातको प्रमुख आतिथ्यतामा २६ औं वार्षिक साधारण सभा आयोजना गरेको हो । कुनै नेता जनप्रतिनिधी वा नियमक निकायलाई नबोलाउन गरेको आग्रहसँगै सहकारी संस्था संस्थाको वार्षिक साधारण सभा सहकारी अभियानमै केन्द्रीत हुन पुगेको कार्यक्रमका प्रशिक्षक एवं भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाजुले जनाएको छ ।
सहकारी संस्थाको नाममा ठगि धन्दा मौलाएपछि यसलाई व्यवस्थित गर्न यस्तो निर्णय आएको चर्चा गर्दै उहाँले साधारण सभाबाट सहकारी शिक्षा प्रभावकारी दिने अवसरका रुपमा सञ्चालन गर्नुपनेमा जोड दिदै उहाँले अव साधारण सभाको नाममा सदस्यहरुलाई पारवहान खर्च पनि दिन नमिल्ने भएको तर दिनभर साधारण सभामा बस्ने सदस्यहरुलाई समान्य खाजा खुवाउन सकिने व्यवस्था रहेको बताउनु भयोे ।
बाराही साकोसका संस्थापक अध्यक्ष राध्येश्याम सुवालको सभापतित्वमा आयोजित सो साधारण सभाले संस्थाको प्रगती प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुतीसँगै पूर्वघोषित उत्कृष्ट असल ऋणी सम्मान, उत्कृष्ट नियमित वचत सम्मान, कदर पत्र वितरणका साथै एस.ई.ई सम्मान र स्वयम्सेवक सम्मान, सदस्यता वृद्धि सम्मान, शेयर पूँजीवृदि सम्मान, बासुरी बाजा प्रशिक्षण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम समेत आयोजना गरेको थियो ।
आर्थिक समृद्धिकालागि बाराही सहकारी उद्घोष गर्दै बाराही सहकारीले दोहोरो सदस्यता नलिने गरी नयाँ सदस्यता वितरणमा ध्यान दिदै आएको व्यवस्थापक शिवजी हाकुदुवालले जनाएको छ ।
५ हजार ८ सय ५४ सदस्य र ८२८वाल वचतकर्ता रहेको बाराही साकोसले १ अर्व १ करोड ५६ लाख भन्दा बढी कारोवार गर्न सफल भएको थियो भने आव २०८२।८३मा १ अर्व १४ करोड ७० लाख भन्दा बढी कारोवार गर्ने लक्ष्य लिएको छ । ७० करोड खर्च कताएर १५ करोड ९० लाख ४ हजार ९७१ वचत गर्न सफल वाराही साकोसले यस आवमा २४ करोड भन्दा बढी आय गर्ने योजना प्रस्तुत गरेको छ ।













