भक्तपुरका साँकृतिक गूरुहरु सम्मानित

भक्तपुरका साँकृतिक गूरुहरु सम्मानित

भक्तपुर, असोज २ गते
हाम्रो स्वार्थ भनेको देश र जनताको सेवा गर्नु मात्र रहेको भन्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले भक्तपुरका सांस्कृतिक गुरु तथा समूह र कलाकारहरुलाई आज सम्मानित तथा पुरस्कृत गर्नु भएको छ । भक्तपुर नगरपालिकाद्वारा आज भक्तपुरमा आयोजित
गुन्हीपुन्ही सापारु पर्व २०८२ मा प्रदर्शित घिन्ताङघिसी, माक प्याखं, परम्परागत तथा आधुनिक, साँस्कृतिक विधाका विजयी साँस्कृतिक समूहहरुलाई पुरस्कार वितरण तथा साँकृतिक गूरुहरुको सम्मान कार्यक्रममा सम्बोधन गर्नु हुन्दै अध्यक्ष विजुक्छे सम्पदा संरक्षण हाम्रो लागि हो, विदेशीको लागि होइन, हाम्रो स्वास्थ्यकालागि पनि सम्पदा संरक्षण आवश्यक भएको बताउनु भयो । अध्यक्ष विजुक्छेले पाटी, मठमन्दिर पुर्खाले आफै बनाउँदै आएकोमा आफ्नो घर बनाउनलाई समेत विदेशीको पैसा माग्ने मगन्ते प्रवृति ठिक नभएको बताउनु भयो । उहाँले विदेशीको इसारामा भक्तपुरको विश्व प्रसिद्ध ङातापोल मन्दिरमा समेत बम पड्काएर ध्वष्ट गर्न खोजेको उल्लेख गर्दै नयाँ पुस्तामा हाम्रो सम्पदा र संस्कृति बारे प्रशिक्षित गर्न आवश्यक भएकोमा जोड दिनु भएको छ । देशघाटी एमसीसी सम्झौतामा समेत पढ्दै नपढि सहि गर्ने प्रधानमन्त्री र मन्त्रीहरुको कारण देश संकटमा परेको उल्लेख गर्दै उहाँले सरकारको भरमा मात्र बसे देश कमजोर हुने भन्दै जनता सचेत भए आफ्नो काम आफै गर्ने र अरुको भरमा नभई आफ्नो खुट्टामा आफै उभिन सक्नुपर्नेमा जोड दिनु भयो ।
अध्यक्ष विजुक्छेले सद्भावना नभएको आतंक डकैती हुने चर्चा गर्दै बेइमान र भ्रष्टाचारीहरुलाई कार्वाही नगरे देश कमजोर हुने बताउनु भयो । युवाहरुलाई विदेश पठाएर सरकारले देशमा संकट निम्त्याएको चर्चा गर्दै अध्यक्ष विजुक्छेले देशको बारेमा पीर नलिए हाम्रो समाज नरहने, हाम्रो सन्तती पनि नहुने बताउँदै सन्ततीको माया नगर्ने सरकारका मन्त्रीहरुको पनि ज्यान जोखिममा रहेको बताउनु भयो । पछिल्लो घटनाक्रम बारे देशका गुप्तचार निकायहरुमा जानकारी हुनुपर्ने अध्यक्ष विजुक्छेले बताउनु भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रदेश सांसद सुरेन्द्रराज गोसाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नवराज घिमिरे, भनपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडाध्यक्षहरु उकेश कवां, हरिप्रसाद बासुकला, रविन्द्र ज्याख्व सहितका अतिथिहरुले पनि सो अवसरमा बोलेका थिए ।

भक्तपुरका साँकृतिक गूरुहरु सम्मानित.mp4