वी किड्स स्कूलले मनाए आज हन्ड्रेड दे सेलिब्रेशन

वी किड्स स्कूलले मनाए आज हन्ड्रेड दे सेलिब्रेशन
भक्तपुर, भाद्र ४ गते
वी किट्स स्कूलले शैक्षिक सत्र सुरु भएको १०० दिन पुगेको अवसरमा आज सय दिन समारोह(हन्ड्रेड दे सेलिब्रेशन) आयोजना गरेको छ । शिक्षक, अभिभावक र विद्यार्थी बीच शैक्षिक सामग्रीहरुको प्रयोगात्मक खेल मार्फत विद्यार्थीको क्षमता विकासको परिक्षण एवं समीक्षा कार्यक्रम आयोजना गरेको हो । आफ्ना नानी बाबुहरुको शारीरिक तथा बौद्धिक विकासमा वी किड्स स्कूलको सय वर्ष कस्तो रहयो? र आफ्ना नानी बाबुहरुको वृद्धिविकासमा कस्तो टेवा पुर्यायो ? भन्ने सवालमा समेत समीक्षा एवं बालबालिकाको शारीरिक र शैक्षिक अवस्था, आनिबानी, पोसन र वानी व्यहोरामा समेत छलफल र परामर्श आदान प्रदान सहित हन्ड्रेड दे सेलिब्रेशन आयोजना गरेको हो ।


स्कूलका प्रिन्सिपल मञ्जु दुवालले प्रि स्कुलका बालबालिकाहरुलाई सरकारी नियम अनुसार पनि पाठ्क्रम अनुसार पढाउन, घोकाउन, सिकाउन समेत नमिल्ने भएकाले तिनीहरुलाई खेलाउँदै, हुकाउँदै विभिन्न ज्ञानसिपहरुलाई व्यवहारिक रुपमा प्रदान गरेको उल्लेख गर्दै यस वर्षको शैक्षिक सत्र सुरु भएको सय दिन पुगेको अवसरमा विद्यार्थीहरुकै नेतृत्वमा अभिभावकको उपस्थितिमा स्टुडेन्ट लिड कन्फरेस आयोजना गरेको बताउनु भयो ।
प्रि स्कूल देखि कक्षा ४ सम्म पढाई गर्दै आएको सो स्कूलले बाल मनोविज्ञानका आधारमा व्यवहारिक बाल शिक्षा प्रदान गर्दै आएको छ । हन्ड्रेड दे सेलिब्रेशन आयोजना गर्दै आज सो स्कूलले विद्यार्थीमा रहेको प्रतिभा, ज्ञानसिपलाई समेत प्रयोगात्मक रुपमा अभिभावकहरु बीच प्रस्तुत गराउँदै अभिभावकहरुलाई पनि बालबालिकासँगै विभिन्न खेल खेलाएका थिए ।
आफ्ना नानी बाबुमा आएको शारीरिक र बौद्धिक विकासलाई देखेर सहभागि अभिभावकहरु पनि सन्तुष्त रहेको भन्दै बालबालिकाको सर्वागिक विकासकालागि यस्तो गतिविधिलाई विद्यालयले निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । सो समारोहले कक्षा १ देखि ४ सम्मका बालबालिकाहरुले भने आफूले दिएको परीक्षामा कहाँ के कस्तो त्रुटि भएको हो सो बारे शिक्षक र अविभावकको अगाडी आफ्नो उत्तर पुस्तिका पढेर सुनाउँदै समीक्षा समेत गराएको थियो ।