निल बाराही संरक्षणमा सरकारी योजना सार्वजनिक

मध्यपुर थिमी नगरपालिकाले निल बाराही मन्दिर परिसरको पहिरो रोकथामकालागि गुरु योजना सार्वजनिक गरेको छ । आज नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले गुरु योजना सार्वजनिक गरेका हुन । स्थानीय समुदाय बीच प्रस्तुत गर्ने गरी तयारी गर्दा पनि अभियान्ताहरुको धर्ना कार्यक्रममा सो कार्य हुन नसक्दा पत्रकारहरु बीच सो गुरु योजना सार्वजनिक गरेको बताएका हुन । निलबाराही संरक्षण सरोकार समितिले महत्वपूर्ण भूमिका खेलेर श्रमदान गरी मन्दिर संरक्षण गरेकोमा आफूहरुको कुनै आपति नभएको सरकारी नीतिगत प्रकृयाका कारण आयोजना कार्यान्वयनमा धिलाई भएको भन्दै उहाँले अब छिट्टै कार्यान्वयनमा आउने जनाएका थिए । नगरपालिकाले उपत्यका विकास प्राधिकरणसँगको सहकार्य गरी प्राधिकरणमार्फत ७ करोड १ लाख ८४ हजार ९६३ रुपैयाँको बजेट विनियोजन भई ६ करोड ६० लाख ४७ हजार ७ सय ७ रुपैंयामा सम्झौता र कार्यदेश जारी भएको उहाँले बताए । सो अवसरमा प्रस्तुत प्रेस विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छ ।


स्थानीय सरकार
मध्यपुर थिमि नगरपालिका
मध्यपुर थिमि भक्तपुर
मिति २०८२÷०५÷०३
ने. सं. ११४५ गुंलागाः ११
प्रेस विज्ञप्ती
आदरणीय पत्रकार मित्रहरु
उपत्यकाको चार बाराही मध्येको एक, मध्यपुर थिमि नगरपालिका वडा नं. ९ स्थित प्रसिद्ध, ऐतिहासिक, धार्मिक तिर्थस्थल निलबाराही मन्दिरको पुर्व र पश्चिमतर्फको पहिरो तथा भू–क्षय नियन्त्रणका लागि मध्यपुर थिमि नगरपालिका र काठमाण्डौं उपत्यका विकास प्राधिकरण (केभिडिए)ले कार्यान्वयन गरिने योजनाको थ्री डि नक्सासहितको डिजाइनका बारेमा जानकारी गराउन आयोजित यस पत्रकार सम्मेलनमा उपस्थित हुनुभएका सम्पूर्ण पत्रकार मित्रहरुमा हार्दिक स्वागत गर्न गर्दछु ।
मध्यपुर थिमि नगरपालिकाले स्थापनाकालदेखी नै ‘हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै यहाँको कला सँस्कृति, मूर्त अमूर्त सम्पदा र धार्मिक एवम् पर्यटकिय स्थलहरुको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि निरन्तर प्रयासरत रहँदैं आएको छ ।
यसै सन्दर्भमा मध्यपुर थिमि नगरपालिका क्षेत्रको महत्वपूर्ण धार्मिक, साँस्कृतिक एवम् पर्यटकिय स्थलको रुपमा परिचित वडा नं.९ स्थित निलबाराही क्षेत्रमा विगत लामो समयदेखी गइरहेको पहिरो तथा भू–क्षय रोकथाम तथा नियन्त्रण र मन्दिरको संरक्षणको लागि विविध कार्यहरु गर्दै आइरहेको छ ।
निलबाराही क्षेत्रको पहिरो तथा भू–क्षयको दिर्घकालिन समाधानका लागि नगरपालिकाले २०७९ साल देखि निलवाराही क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर संरक्षणका कामहरू गरिरहेको छ ।
निलबाराही क्षेत्रको संरक्षणका लागि तयार भएको निलबाराही गुरुयोजना कार्यान्वयन गर्न नगरपालिकाको आन्तरिक स्रोतले मात्र पर्याप्त समाधान सम्भव नभएकाले केन्द्र सरकार र अन्य सम्बन्धित निकायहरूसँगको सहकार्यमा विभिन्न कार्यहरू अघि बढाइएको छ, जसको विस्तृत विवरण निम्नानुसार छ ः
हाम्रो प्रयासहरूः
१) निलवाराही मन्दिरको पश्चिमतर्फको संरक्षणः
वर्षातको समयमा ठूलो मात्रामा वालुवा, माटो बग्ने स्थानमा रोकथामका लागि सानुवन देखि दुवाकोट मोडसम्म ढुङ्गाको पर्खाल निर्माण कार्य भएको छ ।
२) सार्वजनिक जग्गा संरक्षणः
निलवाराही जङ्गलको पश्चिम भागमा अतिक्रमण भएका करिव ४ रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको छ ।
३) लुखापाटी क्षेत्रमा सुरक्षा पर्खाल निर्माणः
निलबाराही मन्दिरको उत्तर पश्चिम क्षेत्रमा करिब २ रोपनी १४ आना सार्वजनिक जमिनमा पर्खाल लगाई संरक्षण गरिएको छ ।
४) बजेट सुनिश्चितताः
क) चक्रपथसहितको पहिरो नियन्त्रणका लागि आर्थिक वर्ष २०८०÷८१ माः केन्द्र सरकारको सम्पूरक अनुदानमार्फत प्राप्त ९ करोड ७६ लाख ३२ हजार एक सय ८८ रुपैंया बजेट मध्ये पहिलो किस्ताको १ करोड ६० लाख रुपैयाँबाट निलवाराही प्रवेशद्वारदेखि सरस्वती खेल उकालोसम्मको कार्य सम्पन्न भएको छ ।
ख) आ.व. २०८१÷०८२ मा दोस्रो किस्ता अन्तर्गतको ३ करोड बजेट मध्ये निर्माण व्यवसायीसँग सम्झौता भई २ करोड ८२ लाख ९२ हजार १६८ को कार्यादेश बमोजिम १० प्रतिशत रकम निर्माण व्यवसायीलाई मोविलाइजेसन पेश्की उपलब्ध गराईएको छ ।
ग) चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि केन्द्र सरकारबाट प्राप्त २ करोड ५० लाख रुपैयाँलाई ३० प्रतिशत मानी नगरपालिकाको आन्तरिक स्रोतबाट थप ७० प्रतिशत (५ करोड ८३ लाख ३३ हजार सहित) कुल ८ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेटबाट पहिरो नियन्त्रणको कार्य अघि बढाउने चरणमा छ ।
घ) आर्थिक वर्ष २०८२÷८३ का लागि केन्द्र सरकारबाट सडक निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको ।
५. उपत्यका विकास प्राधिकरणसँगको सहकार्यः
उपत्यका विकास प्राधिकरणमार्फत ७ करोड १ लाख ८४ हजार ९६३ रुपैयाँको बजेट विनियोजन भई ६ करोड ६० लाख ४७ हजार ७ सय ७ रुपैंयामा सम्झौता र कार्यदेश भइसकेको छ । यो सम्झौता र कार्यदेशसम्म पुग्नुअघि निम्नानुसार छलफल भएको थियो ।
ड्ड मिति २०८०÷४÷३२ गते काठमाण्डौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलको अध्यक्षतामा निलबाराही क्षेत्रको संरक्षण सम्बन्धमा छलफल ।
ड्ड २०८१÷०२÷०८ गते काठमाण्डौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलको अध्यक्षतामा निलबाराही मन्दिर परिसरको भूक्षय नियन्त्रणका लागि डिपिआर सम्बन्धमा परामर्शदातासँग छलफल ।
ड्ड काठमाण्डौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालको अध्यक्षतामा मिति २०८१÷०३÷२७ गते र नायव विकास आयुक्त नवराज प्याकुरेलको अध्यक्षतामा मिति २०८१÷०४÷१ गते डिपिआर सम्बन्धमा छलफल ।
ड्ड मिति २०८१÷०५÷१९ नायव विकास आयुक्त नवराज प्याकुरेलको अध्यक्षतामा डिपिआरको पुनरावलोकनका लागि छलफल ।
ड्ड निलबाराही क्षेत्रको भूक्षय नियन्त्रणका लागि प्रथम पटक प्रकाशित बोलपत्र अनुसार कुनै पनि ठेक्का नपरेको हुँदा बोलपत्र सम्बन्धी कागजपत्र पुनरावलोकन गर्न केभिडिए र नगरपालिकाका प्राविधिकबीच मिति २०८१÷१०÷०९ गते छलफल ।
ड्ड २०८२÷०३÷१९ गते नगर प्रमुखको अध्यक्षतामा नगरपालिका, केभिडिए र निर्माण व्यवसायीका प्राविधिकहरु, सरोकारवालाहरुको तर्फका प्राविधिक ईं.दिलिप गसीसहितको प्राविधिक टिमले डिपिआरका सम्बन्धमा उठेका विषयमा सम्बोधन गर्न संयुक्त सर्वेक्षण गरी तत्काल निर्माण कार्य अगाडि बढाउने सहमती ।
ड्ड २०८२÷०३÷२४ गते काठमाण्डौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त लिला खतिवडाको अध्यक्षतामा निलबाराही क्षेत्रमा गरिने भूक्षय नियन्त्रण कार्यमा वातावरण संरक्षणका सम्बन्धमा छलफल ।
ड्ड २०८२÷०४÷७ गते मध्यपुर थिमि नगर प्रमुखको अध्यक्षतामा सरोकार समितिका तर्फबाट ईं दिलिप गसीसहित बैठकबाट जात्रा मार्ग चौडाई २.५ मिटरबाट ५ मिटर कायम गर्दै निर्माण कार्य अगाडि बढाउने निर्णय भएको ।
ड्ड २०८२÷४÷१४ गते बसेको जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीसहितको जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र नगरपालिकाका जनप्रतिनिधिहरु एवम् प्राविधिकहरुको बैठकको निर्णय अनुसार मिति २०८२÷०४÷१६ गते संयुक्तरुपमा स्थलगत अनुगमन भएको ।
ड्ड २०८२÷०४÷१८ गते नगर प्रमुखको अध्यक्षमा नगरपालिकाका प्राविधिक र सरोकार समितिका प्राविधिक दिलिप गसीसहितको छलफल ।
६. पहिरो नियन्त्रण प्रविधिः
पहिरो नियन्त्रणका सम्पूर्ण कार्यहरू वातावरणमैत्री र भ्द्यब् प्रविधिसहित दीर्घकालीन रुपमा पहिरो नियन्त्रण हुनेछ । बायो इञ्जिनियरिङ, पाइलिङ, नेलिङ, ग्राउटिङ, ग्रिड बिम लगायतका अत्याधुनिक प्रविधिहरूबाट स्थायी समाधान गरिनेछ ।
७. स्थानीय सरोकार समितिसँग समन्वयः
नगरपालिका र उपत्यका विकास प्राधिकरणद्वारा विनियोजित बजेट कार्यान्वयन गर्न स्थानीय सरोकार समितिसँग निरन्तर छलफल हुँदै आएको छ । उहाँहरूकै सल्लाह अनुसार योजनासम्बन्धी डिपिआर संशोधन समेत सम्पन्न भइसकेको छ ।
८. जनश्रमदान अभियानः
स्थानीय जनप्रतिनिधि, नगरवासी र भक्तजनहरूले २०८२ साल जेठ महिनादेखि सुरु गरेको जनश्रमदान अभियानमार्फत अस्थायी पहिरो नियन्त्रण तथा बाटो निर्माणको कार्य निरन्तर चलिरहेको छ ।
सरोकार समितिसँगको सल्लाह सहमती अनुसार आज मिति २०८२÷५÷३ गते निलबाराही वन क्षेत्रस्थित निलबाराही रिसोर्टमा बिहान ७ बजे निर्धारण भएको निलबाराही मन्दिरको पश्चिमतर्फको पहिरो तथा भू–क्षय नियन्त्रणका लागि मध्यपुर थिमि नगरपालिका र काठमाण्डौं उपत्यका विकास प्राधिकरण (केभिडिए)ले कार्यान्वयन गरिने योजनाको थ्री डि नक्सासहितको प्रस्तुतीकरण कार्यक्रम रोकिएको हुँदा सञ्चारमाध्यम मार्फत नगरवासीहरूलाई आवश्यक जानकारी गराउन यो विज्ञप्ति जारी गरिएको छ ।
निलवाराही वनक्षेत्रको पहिरो नियन्त्रण गरी मन्दिर क्षेत्रको सुरक्षा गर्दै यसलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने, स्थानीयस्तरमा व्यवसाय र रोजगारी सिर्जना गरी आर्थिक विकास गर्न मध्यपुर थिमि नगरपालिका सक्रिय रूपमा लागिरहेको छ ।
अन्त्यमा
हाम्रो छोटो समयको निमन्त्रणालाई स्विकार गर्दै पाल्नुभएका सम्पूर्ण सञ्चारकर्मीहरुलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद