आजबाट बालबालिकाहरुकालागि पोलियो थोपा खुवाउन सुरु
काठमाडौँ, साउन ९ गते । काठमाण्डौको टुकुचा खोलाको पानीमा पोलियोका जीवाणु भेटिएपछि सरकारले घोषणा गरेको पोलियो खोप अभियान आजबाट सुरु भएको छ । साउन ९ गते देखि १२ गतेसम्मका लागि काठमाडौँ उपत्यका तीन जिल्लाहरु काठमाण्डौ, भक्तपुर र ललितपुरमा पोलियो विरुद्धको खोप अभियान सुरु गरेको हो । उपत्यकामा आज विहान देखि पाँच वर्ष सम्मका बालबालिकालाई लक्षित गर्दै पोलियो विरुद्धको खोप अभियान सुरु गरेको छ । यो अभियान अन्तर्गत उपत्यकाका २ लाख ८० हजार बालबालिकाहरुलाई पोलियो थोपा खुवाउने लक्ष्य लिएको छ । भएका हुन ।
नियमित खोपमा पोलियोको खोप दिएइएको भएतापनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रुपमा पोलियो विरुद्धको खोप दिनुपर्ने बताइएको छ । परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा।अभियान गौतमले लक्षित बालबालिकालाई नछुटाउने उद्देश्यले तीनै जिल्लाका घरघरमा गएर पोलियो विरुद्धको खोप लगाउने योजना रहेको जानकारी दिनुभयो । यो खोप अत्यन्त सुरक्षित र प्रभावकारी भएकाले आफ्ना बालबालिकालाई ढुक्कसँग खोप लगाउन डा।गौतमको सुझाव छ ।
उहाँ भन्नुहुन्छ,“सरकारले प्रयोग गर्ने खोप विश्व स्वास्थ्य सङ्गठनबाट गुणस्तर प्रमाणित भएको र नेपालमा प्रयोग गर्नको लागि औषधी व्यवस्था विभागमा दर्ता गरिएको हुँदा आफ्नो बालाबालिकालाई खोप ढुक्कसँग लगाउनुस । ”
नियमित खोपमा पोलियोको खोप दिइएको भएतापनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियो विरुद्धको खोप दिन डा।गौतमको सुझाव छ ।
गत जेष्ठ १३ गते टुकुचा खोलाको पानी परिक्षणमा पोलियो भाइरस टाइप ३ पुष्टि भएपछि यो अभियान थालेको विश्व स्वास्थ्य संगठन, नेपालका डाक्टर रुपेश तिमल्सेनाले जनाएको छ । पुष्टि भएको पालियो भाइरस टाइप ३ ले महामारि नै हुन सक्छ भन्ने नभएपनि कमजोर बालबालिकामा संक्रमण भए क्षति पुर्याउन सक्ने भएकाले अनिवार्य रुपमा यो अभियान अन्तर्गत आफ्ना बालबालिकाहरुलाई पोलियो थोपा खुवाउन उहाँले आग्रह गर्नु भएको छ । हालै सञ्चालन गरेको आईपिभी खोप अभियानको बेला खोप दिएकोे भएपनि आफ्ना बालबालिकाहरुलाई अहिलेको पोलियो थोपा खुवाउँदा कुनै जोखिम नहुने बरु थप सुरक्षित हुने डाक्टर तिमल्सेनाले सुझाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













