उत्कृष्ट छोटो भिडियो निर्माता पुरस्कृत
भक्तपुरमा भएको सर्ट भिडियो मेकिग कम्प्युटिशन २०९९ (छोटो भिडियो बनाउने प्रतियोगिता) मा उत्कृष्ट पाँंचजना भिडियो बनाउने निर्माताहरु पुरस्कृत भएका छन् । उनीहरुलाई ख्वप मावि देकोचा भक्तपुरका भाइस प्रिन्सिपल विष्णुप्रसाद किसीले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा गंगा शाक्य, सारु लामा, सरोज शिल्पकार, मिलान भुजेल र सुष्मिता तामाङको भिडियो उत्कृष्ट हुन सफल भए । प्रतियोगितामा मानविकी संकाय अन्तर्गत राजनीतिशास्त्रका विभिन्न विषयहरुमा अध्यनरत २४ जाना विद्यार्थीहरू सहभागी भएका थिए । उनीहरुले लैङ्गिक समानता, सामाजिक न्याय, संविधान, महिला सशक्तीकणलगायतका विषयमा आआफ्नो प्रस्तुतिसहित प्रतियोगीतमा सहभगी भएका थिए ।
कार्यक्रममा भाइस प्रिन्सिपल किसीले मानवलाई मानवता जोड्ने मानविकी संकाय अन्तर्गतका विषयहरूले देश, समाज बुझन सिकाउने सुनाए । मानविकी विभागका प्रमुख राजु लासिवा, पत्रकारिताका शिक्षक कृष्ण किसीलगायतले विद्यार्थीहरूको शिप र शिक्षालाई प्रविधिसँग जोडेर शिक्षालाई सहज बनाउन प्रतियोगिताको मुख्य लक्ष्य रहेको बताए । कार्यक्रममा कलेजमा स्नातक तहमा अध्यनरत उज्ज्वल ह्योंगोजु, रितिका दुवाल, रुवि केसी, योगिना श्रेष्ठ, विश्वास ग्वाछालगायतका विद्यार्थीहरुले शिक्षालाई प्रविधिसँंग जोडेर लानसक्नुपर्नेमा जोड दिए । कार्यक्रमकोवीचमा स्नातक तह प्रथम वर्षका सुजन मगरले गीत गाएर मनोरञ्जन दिलाएका थिए ।















