अध्यक्ष विजुक्छेद्वारा ‘भवन निर्माण र वास्तु शास्त्र’पुस्तक विमोचित

अध्यक्ष विजुक्छेद्वारा ‘भवन निर्माण र वास्तु शास्त्र’ पुस्तक विमोचित

भक्तपुर, चैत्र ३ गतेसिमेन्ट जस्तै आधुनिक भन्दा मौलिक निर्माण विधि र सामग्रीको प्रयोगले मानिसहरु बढी कसरी स्वस्थ्य रहन्छन् भन्ने विषयमा बैज्ञानिक अध्ययन गर्नुपर्नेमा जोड दिदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंले डाक्टर विरेन्द्रप्रसाद कायस्थले लेख्नु भएको ‘भवन निर्माण र वास्तु शास्त्र’ नामक पुस्तकको आज विमोचन गर्नु भएको छ ।ख्वप इन्जिनियरिङ्ग कलेजको सभाहलमा आयोजित सो पुस्तक विमोचनमा अध्यक्ष विजुक्छेंले कार्यक्रमको उद्घाटनका साथै पुस्तक विमोचन गर्नु हुँदै उत्तर फर्केको चुल्हो प्रयोग गर्नेहरुमा बढी क्यान्सर लाग्छ भन्ने उक्तिको बैज्ञानिक आधार खोज्नुपर्नेमा जोड दिँदै उज्यालो आउँने ठाउँमा झ्यांग राख्ने, अध्यारो ठाउँमा मानिसहरु बस्ने गर्दा पुरुष भन्दा बढी महिला विरामी पर्ने गरेको खुलासा गर्नु भयो ।अध्यक्ष विजुक्छेंले देशको अर्थतन्त्र बचाउन स्वदेशी निर्माण सामग्री प्रयोगमा जोड दिनुपर्ने बताउँदै पृथ्वीनारायण शाह अगाडीका माटोका घरहरु समेत सुरक्षित रहेको कुराले परम्परागत निर्माण प्रविधिको महत्व झल्किने बताउनु भयो ।

सिमेन्ट र दण्डि प्रयोग गर्नेहरुले समेत ढल व्यवस्थापन गर्न नसक्दा दन्डिमा खिया लागेर छिट्टै बिग्रिने गरेको चर्चा गर्दै अध्यक्ष विजुक्छेंले परम्परागत रुपले माटोले लिउने प्रविधि सिमेन्ट भन्दा बढी प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।कार्यक्रममा बागमति प्रदेशका सांसद सृजना सैंजूले विमोचित पुस्तक जानकारीमूलक र पठ्नीय रहेको बताउँनु भयो । यो पुस्तक साधारण मानिस देखि बास्तुविद्रहरुलाई समेत छुने, प्राचिन ज्ञान देखि विज्ञानसम्म, प्राचिन सभ्यता देखि आधुनिक युगसम्मलाई सम्बोधन भएको भन्दै यसलाई बास्तुकलाको अनुपम नमूना भक्तपुरको आँखाबाट हेर्नु उपयुक्त हुने बताए ।कार्यक्रममा इतिहासविद् डा।प्रा। पुरुषोतमलोचन श्रेष्ठले यहाँका नेवाःहरु पूर्वपश्चिम जहाँ गए पनि यहाँको सिपलाई जगेर्ना गर्दै पाटी, पौवा, सत्तल बनाए, घर, दरवार बनाए भन्दै यसबाटै हाम्रो मौलिक पहिचान बनेको बताउनु भयो । नुवाकोट दरवार विश्वस्तरको उदाहरणीय दरवार भएको चर्चा गर्दै सो दरवार काठमाण्डौ उपत्यकाका कुसल नेवार समुदायले बनाएको बताउनु भयो । लिच्छविकाल, मल्लकालिन हरेक कालका सिपहरु अनुपम भएको चर्चा गर्दै डाक्टर श्रेष्ठले यस्तो सिप अमेरिका र युरोपहरुमा समेत प्रख्यात रहेको कुराले गौराम्वित भएको बताउनु भयो ।

लेखक डाक्टर विरेन्द्रप्रसाद कायष्ठको सभापतित्वमा भएको कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छे र भनपा ९का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि डाक्टर कायष्ठद्वारा रचित पुस्तकको महत्वका बारेमा प्रकाश पार्नु भयो ।लेखक कायस्थले ४ वर्ष समय लगाएर लेख्नु भएको सो पुस्तक २४१ पृष्ठको छ । बास्तुकला अनुसार घर सम्रचना निर्माण गर्दा ध्यान दिनुपर्ने विषयवस्तुहरुलाई पुस्तकमार्फत पस्केको लेखक कायस्थले जनाएको छ । के कस्तो सामग्रीले कस्तो ठाउँमा, के कस्तो घर सम्रचना बनाउँदा घरमा शान्ति मिल्छ । रोगव्यादि र समस्याहरुबाट सुरक्षित हुन सकिन्छ भन्ने परम्परागत मूल्यमान्यतालाई आत्मसाथ गर्दै लेखक कायस्थले बास्तु विज्ञान अनुसार स्रमचना निर्माण मात्र होइन सजावतका विषयहरुलाई समेत पुस्तकले राम्रोसँग व्याख्या गरेको जनाएको छ ।


घरको झ्याल ढोका, कस्तो राख्नेरु कसरी राख्ने रु यतिमात्र होइन, भान्छा र सौचालय, कोठाहरु कसरी बनाउने रु भन्ने विषयहरुलाई पनि पुस्तक मार्फत सविस्ता ब्याख्या गरेको उहाँले बताए । घरमा शौचालय र भान्छा मात्र पनि बास्तु विज्ञान अनुसार राखेनन् भन्ने मानिसहरु विरामी हुने, विभिन्न समस्याहरुमा पर्ने चर्चा मात्र होइन, किन यस्तो समस्या हुन्छरु सुरक्षित कसरी बनाउन सकिन्छ भन्ने विधिहरु समेत पुस्तकले पस्केको उहाँले बताए । पुस्तकमा भाग्यवृद्धि गर्ने उपायहरु समेत समेतिएको उल्लेख गर्दै घर आँगनमा के कस्तो बोट विरुवा लगाउने र कोठामा कस्तो चित्रहरु ताग्दा फलदायी हुन्छ भन्ने विषयहरु पनि पुस्तकमा उल्लेख रहेको लेखक कायस्थले जनाएको छ ।
विमोचन पश्चात बजारमा पठाउने तयारीमा रहेको सो पुस्तकको बजार मूल्य रु।६सय ५० रहे पनि विमोचन समारोहकोक्रममा रु। ५सयमा बिक्रि राखिने छ ।