१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

काठमाडौँ, जेठ १५ गते
आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विहिबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान बजेट सार्वजनिक गरेका हुन ।
आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा पाँच दशमलव छ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव दुई प्रतिशतले बढी छ ।
बजेटमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २० दशमलव ८ प्रतिशत र वित्तीय व्यवस्थापमामा ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव १ प्रतिशत विनियोजन गरिएको छ ।
अर्थमन्त्री पौड्यलद्वारा बिहिबार सार्वजनिक गरेको बजेटको पूर्णपाठ यसप्रकार छ ।