सूनपा ६ मा महिला सशक्तिकरण, सिगो नगर तरंगित

सूनपा ६ मा महिला सशक्तिकरण, सिगो नगर तरंगित
भक्तपुर, जेष्ठ ९ गते
सूर्यविनायक नगरपालिका वडा नं ६ का महिलाहरुमा आर्थिक न्याय तथा अधिकारकालागि आएकोे जागरणले सिगो नगरपालिका महिला सशक्तिकरणतर्फ उन्मुख तथा तरंगित हुन थालेको छ । नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाका अनुसार नगरपालिकाका १० वटै वडाका महिलाहरुलाई उद्मशिल बनाउन, स्वरोजगार अभिवृद्धि गर्न विभिन्न शिपमुलक तालिम दिदै आएको छ । विशेष गरी महिला विकास तथा जागरण केन्द्र काठमाडौंले सूर्यविनायक नगरपालिका वडा नं. ६का महिलाहरुकालागि गत एक वर्ष देखि महिलाहरुमा आर्थिक न्याय तथा अधिकारका विषयमा पैरवी, अभिमुखिकरण तथा तालिमहरु दिन थालेपछि सिगो नगरका महिलाहरुमा पनि यो जागरण थालनि भएको उहाँले बताएका हुन् । ब्यवहारिक र कानूनी रुपमा नगरपालिकाले महिला सशक्तिकरणकालागि विभिन्न महिला सहभागितामूलक थप अभ्यास हुँदै आएको उहाँले बताए । नगरका ४ सय भन्दा बढी महिलाहरु यस्तो अवसरमा रहेको तथा पालिकाका जनशक्तिमा ७५ प्रतिशत महिलाहरु नै रहेको उल्लेख गर्दै सूनपा ७ का वडाध्यक्ष समेत रहेका नगरपालिकाका प्रवक्ता सापकोटाले भने २०७४ सालपछि स्थानीय तहमा जनप्रतिनिधी आए देखि महिला लक्षित बजेट मार्फत महिलाहरुको क्षमतावृद्धि, उद्मशिलता विकास, गृहनी महिला सशक्तिकरणका कार्यक्रमहरुबाट महिलाहरुको आर्थिक उपार्जनमा नगरपालिकाले जोड दिदै आएको छ ।

महिला विकास तथा जागरण केन्द्र काठमाडौंले सूर्यविनायक नगरपालिका वडा नं. ६का महिलाहरुकालागि आज पनि महिलाको आर्थिक न्याय तथा अधिकार सम्बन्धि एकदिवसीय अभिमुखीकरण आयोजना गर्यो । सो कार्यक्रमको सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नु भयो ।


कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष प्रा.डा. शशी अधिकारीले महिलाको आर्थिक न्यायको लागि भएका कानूनी व्यवस्थाहरु बारे प्रस्तुतीकरण गर्नु भयो । घरायसी काममा सधै व्यष्ट रहने र आफ्नो कामलाई आयआर्जनसँग जोड्न नसकिरहेका महिलाहरुलाई ज्ञानसिप दिएर महिला सशक्तिकरणमा टेवा पुर्याउन सफल भएको कुरा अभिमुखिकरणमा नियमित रुपमा सहभागि भएका महिलाहरुको जीवनशैलीमा आएको परिवर्तनबाट पुष्टि हुने भन्दै उहाँले आफ्नो लागि महिलाहरु पनि बोल्न र अवसर सृजना गर्न सक्ने भएको बताए । पाइलट प्रोग्रामको रुपमा सूनपा ६ वडामा सिमित यो परियोजनाले सिगो नगरपालिकाका महिलाहरु समेत लाभावित भएको भन्दै अधिवक्ता समेत रहेका अधिकारीले नगरपालिकाभरी नै यस्तो अभियानको आवश्यकता महसुस गर्न थालेको जनाएका छन् । सो संस्थाले दिएको तालिम र श्रोतको परिचालन गर्दै महिलाहरुले खाजाका विभिन्न परिकार बनाएर थप आय आर्जन गर्न सक्षम हुन थालेको उहाँले बताएका छन् ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष डा. अनिता श्रेष्ठले महिलाको आर्थिक न्याय सुनिश्चित गर्ने सम्वन्धमा अन्तराष्टिय दस्तावेजहरुमा भएका व्यवस्थाहरु बारे सो अवसरमा प्रतुतीकरण गर्नु भएको थियो ।