भ.वि.सङ्घकाे खाेपृङ समीक्षा र तयारी बैठक सम्पन्न ।

भ.वि.सङ्घकाे खाेपृङ समीक्षा र तयारी बैठक सम्पन्न ।
काठमाण्डाै,
भक्तपुर विकास सहयाेग सङ्घले हालै सम्पन्न गरेकाे सङ्घकाे ३३ अाैं स्थापना दिवस र ३० अाैं साधारण सभाकाे साथै खाेपृङ २६ अाैं अङ्क र खाेपृङ डायरी प्रकाशन-८१ बारे काठमाण्डाै बुद्धनगरमा अायाेजित एक कार्यक्रममा समीक्षा गर्दै खाेपृङ नवदुर्गा संकल्प भाेजन-२०८१ र खाेपृङ नि:शुल्क स्वास्थ्य शिविर-२०८१ अायाेजनाकाे तयारी गर्ने उद्देश्यले अायाेजित बैठकमा सहभागीहरूले मिहिन ढङ्गले समीक्षा गर्दै अागामी दिनमा गरिने कार्यक्रमकाे तयारीबारे छलफल गरियाे ।
सङ्घका सल्लाहकार एवम् पूर्व अध्यक्ष कृष्णलाल प्रधानले कार्यक्रमकाे सभाध्यक्षकाे अासनबाट बाेल्नु हुँदै ” कुनै पनि कार्यक्रम सम्पन्न भएपछि लगत्तै त्यसकाे समीक्षा गर्नु सकारात्मक हुनुका साथै संस्थाकाे कार्यलाई थप अगाडि बढाउन उर्जा मिल्ने ” बताउनुभयाे । साथै उहाँले सङ्घकाे मुखपत्र खाेपृङले भक्तपुरकाे कला, संस्कृति, सम्पदा, रहनसहन, चाडपर्वलगायतकाे विषयलाई विश्वसामु परिचित बनाउन मद्दत पुर्याएकाेबारे चर्चा गर्नुभयाे ।


साेही बैठकमा सङ्घका अध्यक्ष राजुमृगेन्द्र जाेशीले समीक्षा बैठकमा अाैंल्याईएका कमी कमजाेरीलाई अाफूहरूले ग्रहण गर्ने बताउनु हुँदै सङ्घकाे भावी कार्यक्रम अन्तर्गत “नवदुर्गा संकल्प भाेजन (द्य ब्वयकेगु) -२०८१ र खाेपृङ नि:शुल्क स्वास्थ्य परीक्षण अन्तर्गत याे वर्ष मध्यपुर थिमीमा सञ्चालन गरिने याेजनाबारे सबिस्तार वर्णन गर्नुभयाे ।
कार्यक्रममा उपस्थित हुनुभएका सङ्घका पूर्व अध्शक्ष, निवर्तमान अध्यक्ष, वर्तमान पदाधिकारी तथा कार्यसमिति सदस्य, वरिष्ठ सल्लाहकार, सल्लाहकार, अाजीवन सदस्यहरू तथा अन्य महानुभावहरूलाई महासचिव प्रा.डा. माला मल्लले स्वागत र सचिव राम सैंजुले कृज्ञता ज्ञापन गर्नुभएकाे थियाे ।
इ. सुदिप हाडाले सञ्चालन गर्नुभएकाे साे कार्यक्रममा प्रथम उपाध्यक्ष धर्मभक्त बल्लले ३० अाैं साधारण सभाकाे अाय व्ययसहितकाे विवरण र कार्यक्रमबारे समिक्षात्मक टिप्पणी गर्नुभएकाे थियाे । त्यसैगरी दाेस्राे उपाध्यक्ष गजेन्द्र बहादुर भुजुले खाेपृङ २६ अङ्काे अाय व्ययसहितकाे विवरण र कार्यक्रमबारे समिक्षात्मक टिप्पणी गर्नुभएकाे थियाे । मन्तव्यकै क्रममा काेषाध्यक्ष एवम् स्थापना दिवस संयाेजक विदुरचरण रायले ३३ अाैं स्थापना दिवस र खाेपृङ डायरी -२०८१ का संयाेजक मन्जित मल्लले उक्त प्रकाशनबारे भएकाे अाय व्पयसहितकाे विवरण र सम्पूर्ण कार्यक्रमहरूबारे समिक्षात्मक टिप्पणी गर्नुभयाे । त्यसैगरी खाेपृङ-२६ अङ्कका कार्यकारी सम्पादक राजुराम मुनंकर्मीले प्रस्तुत ४ वटै विषयहरूबारे लिखित समिक्षात्मक टिप्पणी , अन्य उपस्थित महानुभावहरू मध्ये अमृत कायष्थ, डा.गाेपाल धाैवन्जार, किरण राज सुवेदी, राजन श्रेष्ठ, ईश्वर पलिखेल, डा. अञ्जलि मल्ल, दिनेश राज मास्के , भुवनेश कुमार प्रधान र इ. सुदिप हाडालगायतले अाफ्नाे धारणासहित समिक्षात्मक टिप्पणी गर्नुभएकाे थियाे ।