गाउँ गाउँमा सिंह दरवार बारे मध्यपुरमा बहस

गाउँ गाउँमा सिंह दरवार बारे मध्यपुर ३मा बहस
मध्यपुर, जेष्ठ ९ गते
मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कार्यालयले गाउँ गाउँमा सिंहदरवार कतिको कानूनी, कतिको व्यवहारिक विषयमा एक दिवसिय वहस कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा बक्ताहरुले गाउँ गाउँमा सिंहदरवार नारालाई व्यवारिक रुपमा कार्यान्वयन गर्ने तह वडा भएको भन्दै निर्वाचन जित्नकालागि जनप्रतिनिधीहरुले जाहेर गरेको प्रतिबद्धता कतिको कार्यान्वयन भयो भएन?, कस्तो समस्या र गुनासाहरु छन् भन्ने विषयहरुमा समेत छलफल गर्दै जनताको घरदैलोमा सेवा पुयाउने विषयहरुमा समेत बहस भएको कार्यक्रम संयोजक पुष्करराज बुढाथोकीले जनाएको छ ।

भक्तपुरका क्रियाशिल पत्रकारहरु र विषयविज्ञ तथा स्थानीय जनप्रतिनिधीहरु बीच भएको सो बसहमा स्थानीय तहले सोवा भन्दा भ्रष्टाचार मौलाएको चर्चा गर्दै व्यवहारिक रुपमा गाउँ गाउँमा सिंहदरवार पुर्याउन स्थानीय तह विशेष गरी वडा तहको भूमिका थप महत्वपूर्ण हुने कुरामा जोडदिएको संयोजक बुढाथोकीले जनाएको छ । सो कार्यक्रम राष्ट्रिय सञ्चार केन्द्र नेपालले आयोजना गरेको थियो ।

PHOTO: Ratn Shrestha