प्रहरी निरीक्षक हुँ भनि सर्वसाधारणलाई झुक्याउने व्यक्रि पक्राउ
भक्तपुर, जेष्ठ ७ गते
जिल्ला प्रहरी कार्यालय भक्तपुरले प्रहरी निरीक्षक हुँ भनि सर्वसाधारणलाई झुक्याउने व्यक्तिलाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका दिव्यश्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडी सडक खण्डमा त्यसरी ठग्ने व्यक्तिलाई प्रहरी वृत्त ठिमी भक्तपुरले पक्राउ गरेको प्रहरीका सूचना अधिकारी ढुण्डीराज नेउपानेले जनाएको छ । सूचना अधिकारी नेउपानेका अनुसार सो रेष्टुरेन्ट अगाडीको सडक खण्डमा ‘म प्रहरीको ईन्सपेक्टर हुँ’ भनि प्रहरी निरीक्षकको बर्दी लगाएरको फोटो मोबाईलको बाल पेपरमा राखी सर्वसाधारण मानिसहरुलाई झुक्याई अशान्ती फैलाएको भन्ने सूचनाको आधारमा नीजलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका वडा नं. ३ वतन भएका वर्ष २३ का सुजन गिरी रहेको उहाँले बताए । स्थानीयले दिएको सूचनाका आधारमा हिजो साँझ सोही सडकबाट प्रहरी वृत्त ठिमीका प्रहरी टोलीले गिरीलाई नियन्त्रण्मा लिएको थियो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














