वैदेशिक श्रमिक रोजगारीबाट फर्केकाहरुको लागि निःशुल्क ओ.पि.डि. क्लिनिक तथा २४ सै घन्टा अनलाइन परामर्श सेवा शुभारम्भ
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा वैदेशिक श्रमिक रोजगारीबाट फर्केकाहरुको लागि निःशुल्क ओ.पि.डि. क्लिनिक तथा २४ सै घन्टा अनलाइन परामर्श सेवाको माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदपि पौडेलबाट केन्द्रको १३ औं वार्षिक उत्सव समारोहको उपलक्ष्यमा आयोजित एक विशेष कार्यक्रमका बीच समुद्घाटन गर्नु भयो ।
कार्यक्रममा बोल्दै मा. स्वास्थ्य तथा जनसंख्या मन्त्रीले नेपाली दाजु भाई तथा दिदि वहिनीको स्वास्थ्य नेपालमा मात्र नभइ वैदेशिक रोजगार गएको अवस्थामा आप्mनो स्वास्थ्य सम्बन्धि सेवाको परार्मश सहज होस भन्नको लागि टोल फ्रि कल वा सोसियल मिडियाको प्रयोग गरि विदेशवाट समेत परार्मश लिन सक्ने व्यवस्था श्रम रोजगार मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सहकार्य हुने गरी सुरु गरिएको र वैदेशीक रोजगारवाट व्यक्तिको स्वास्थ्य परीक्षण सुलभ र सहज रुपमा उपलब्ध गराउनको लागि छुट्टै निःशुल्क ओ पि. डि सञ्चालन भएको गराउनु भयो । वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु अंग फेल भई आउनेको संख्या बढी भएकोले आफूले सबै भन्दा बढी माया गर्ने आफ्नै शरिर बचाउनको लागि श्रम मन्त्रालय सँग सहकार्य गरी यस सेवा उपलब्ध गराउन लागिएको हुँदा विदेश जान लाग्नु भएका, वैदेशिक रोजगारमा रहेका र बैदेशिक रोजगारबाट फर्केकाहरुले यो सेवा लाभान्वित हुन आह्वान गरिएको छ ।
उक्त कार्यको लागि मोबाइल नं ९७६३४९०९०० मा ध्जबतकब्उउर ख्ष्दभचक सहितको सेवा चौविसै घण्टा उपलब्ध गराइएको छ ।












