सूर्यविनायक धुलिखेल ६ लेनको सडक निर्माणमा ढिलासुस्ति नगर्न आग्रह, मुआब्जा र गुनासो सुनुवाईकालागि समिति गठन

सूर्यविनायक धुलिखेल ६ लेनको सडक निर्माणमा ढिलासुस्ति नगर्न आग्रह, मुआब्जा र गुनासो सुनुवाईकालागि समिति गठन
भक्तपुर, बैशाख १० गते
सूर्यविनायक धुलिखेल ६ लेनको सडक विस्तारमा भएको ढिलासुस्ति प्रति स्थानीयले सरोकारवालाहरुको ध्यानाकषर्ण गराएका छन् । पानी पर्दा हिलो र धाम लाग्दा धुलो भएर जनजीवनमा प्रभाव परेपछि गुणस्तरीय तरिकाले आयोजना छिटो सकाउन आग्रह गरेका हुन ।
२०८२ साल भित्र सक्ने गरी निमार्ण थालेको सो सडक खण्डको डिपिआर बनाउँदा समेत स्थानीय जनतासँग छलफल समेत नगरेको गुनासो गर्दै स्थानीय जनताले सडक विस्तार आयोजनाबाट उचित बुआब्जा नपाएको समेत गुनासो गरेका थिए । सूर्यविनायकसम्मको सडक विस्तारमा बुआब्जा दिएको प्रमाणहरु प्रस्तुत गर्दै सिताराम खाइजुले जगातीका परियोजना प्रभावितहरुलाई पनि उचित मुआब्जा उपलब्ध गराएमा मापदण्डमा परेको सम्रचनाहरु आफै भत्काई दिएर आयोजनालाई सहयोग गर्ने जनाएका थिए ।


भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको संयोजना भएको सो छलफलमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईले सो सडक आयोजनाबाट जनता पीडित भएको गुनासो आईरहेको प्रसंग उल्लेख गर्दै केन्दीय सरकारको आयोजना भएकाले स्थानीय पालिकाहरुबाट केही गर्न नसकेको चर्चा गर्दै आयोजनाको ध्यानाकर्षण गराएका थिए भने भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले दैनिक सडकबाट उड्ने धुलो नियन्त्रणकालागि भएकोे प्रयास निकै कम मात्र भएको गुनासो गर्दै सरकारी नीतिगत व्यवस्था अनुसार बुआब्जा पाउनेलाई बुआब्जा दिएर, गुनासो सुनुवाई गरी छिटो कार्यसम्पादन गर्न सक्नुपर्नेमा जोड दिएको थियो । यसै बीच सूर्यविनायक नगरपालिका वडा न८का वडाध्यक्ष पुष्पराज बस्नेतले पनि सो सडक निर्माणमा भएको कमि कमजोरीहरुलाई औल्याउँदै आयोजनाले जनस्वास्थ्य र दुर्घटना न्युनिकरणलाई ध्यान दिनुपर्नेमा जोड दिनु भयो भने पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले सडक विस्तार आयोजनाले लपर्वाही गरेको भन्दै आयोजना बारे बजेट र डिपिआर सार्वजनिक गर्नुपर्नेमा जोड दिनु भयो । यसै वीच स्थानीय घरधनीहरु शिवलाल बाला, दिलिप थापा सहित परियोजनाबाट प्रभावित सहभागि समुदायहरुले आयोजनाले जथाभावि आयोजना कार्यान्वयन गर्न खोजेको आरोप लगाउदै निर्मानुसार निर्माण कार्य गरेमा साथ दिन स्थानीय जनता तयार रहेको उल्लेख गरेका थिए ।


सो सम्बन्धमा सडक विस्तार आयोजनाका प्रमुख ज्ञानेन्द्रकुमार झाले सो अवसरमा उठेका गुनासाहरुको सुनुवाई गर्दै जनगुनासोलाई नीतिगत रुपमा सुनुवाई गर्न आफूहरु तयार रहेको बताएका थिए । ५० प्रतिशत जग्गा परेकाहरुलाई सरकारी निमानुसार मुआब्जा दिन परियोजना तयार रहेको उल्लेख गर्दै झाले सडक मापदण्ड २०२१ अनुसार ७५, ८२ फिटसम्मका जग्गाधनीहरुलाई मुआब्जा दिन पर्ने जिकिर गरेका थिए । जनताको सम्पति अधिकरण गरेपछि उचित बुआब्जा दिनुपर्ने स्थानीयको माग हो । हुनहरुको लागि त ठिकै होला, छोड्दिउँला नहुने तथा उठिवास हुनेहरुकोलागि त विस्थापित गर्नु भएन, सहभागिहरुको गुनासो थियो । सो सम्बन्धमा व्यापक र नियमति छलफलको आवश्यकतामा जोड दिदै प्रमुख जिल्ला अधिकारी अर्यालले बुआब्जा वितरण र गुनासो सुनुवाईकालागि स्थानीय जनताको सहभागितामा कार्य दल गठन गर्ने घोषणा गर्दै प्रचलित कानून अनुसार कार्यसम्पादन छिटो छरिटो गर्ने वतावरण बनाउन आग्रह गरेका थिए ।
सूर्यविनायक, धुलिखेल सडक खण्ड २०७९ साल देखि ३ खण्डमा निर्माण कार्य भइरहेको छ । विभिन्न निर्माण कम्पनीहरुसँगको सम्झौतामा भइरहेको यो योजना २०८२ साल भित्र सम्पन्न गर्ने भनिएको भए पनि सो अनुसार कार्य सम्पादन हुन नसक्दा परियोजना लम्बिन्दै जाँदा यसले सरकारको लगानी अर्थात जनताले तिरेको कर बढी खर्च हुने भएकोले छिटो छरिटो कार्यसम्पादनकालागि जोड दिएको थियो । निर्माण कार्य सम्पन्न हुने बेलाहुँदासम्म विभिन्न कारणले धुलिखेल खण्डमा ४० प्रतिशत र सूर्यविनायक खण्डमा ३५ प्रतिशत मात्र कार्य सम्पादन हुन सकेको योजनाले जनाएको छ ।

सो छलफलमा जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकाय, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टराई, जनप्रतिनिधी उपेन्द्र सुवाल, कृष्णप्रसाद कोजू, भगवान खत्री सहितको सहभागिता थियो ।