म क्षयरोग अन्त्य गर्न प्रतिबध छु, चनपामा प्रभातफेरी

म क्षयरोग अन्त्य गर्न प्रतिबध छु, चनपामा प्रभातफेरी
भक्तपुर, चैत्र ११ गते
विश्व क्षयरोग दिवसको अवसरमा चाँगुनारायण नगरपालिकामा प्रभातफेरी आयोजना गरिएको छ । “हो हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिवधता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता” नाराका साथ भएको जनचेतनामूलक र्यालीपश्चात नगरपालिका कार्यालय प्रागणमा पुगेर सभामा परिणत गरेको थियो । नगरपालिका प्रमुख जीवन खत्रीको नेतृत्वमा भएको सो र्यालीपश्चात सहभागिहरुले सामूहिक हस्ताक्षर गरी क्षयरोग निवारणमा म क्षयरोग अन्त्य गर्न प्रतिबध छु भनि प्रतिवधता जनाएको स्वास्थ्य शाखा चाँगुनारायण नगरपालिकाका प्रमुख डिलकुमार दुवालले जनाएको छ । शाखा प्रमुख दुवालका अनुसार खरिपाती व्यारेकबाट नगरपालिका भवनसम्म क्षयरोग बारे जनचेतनामूलक सन्देशका साथ प्रभातफेरी आयोजना गरेको थियो ।