ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालसँग आबद्ध संस्थाहरुको भेलाद्वारा पारित

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालसँग आबद्ध संस्थाहरुको भेलाद्वारा पारित

                                                         प्रेस विज्ञप्ति

सुशासन, पारदर्शिता तथा जवाफदेहिता प्रवद्र्धनको क्षेत्रमा कार्यरत ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल र यस संस्थासँग आबद्ध संस्थाहरुको भेलाद्वारा भ्रष्टाचार, अनियमितता, दण्डहीनता, भागबण्डाप्रति संवेदनशिल हुन नसकेको हालको अवस्था राष्ट्रको लागी ठूलो चुनौतिको रुपमा देखिएको विषयमा गम्भीर छलफल गरिएको छ । मुलुकभरका १३ संस्थाको भेलाले निम्न बिषयहरुलाई सम्बन्धीत निकाय समक्ष ध्यानाकर्षण गराउँदछ ।

१) संवैधानिक प्रावधानहरुको भावना विपरीत अधिकार प्राप्त निकायबाट भईरहेको कार्य, संबैधानिक निकायहरु तथा सरकारद्वारा नियुक्ति गरिने विभिन्न पदहरुमा गैरकानूनी नियुक्ति एवम् भागवण्डाको आधारमा अयोग्य ब्यक्तिहरुको नियुक्ति, भ्रष्टाचार निवारणको लागि सरकारद्वारा जारि भएका ऐन, निर्देशिका र निति नियमहरुको कार्यान्वयन नगरिनु, पहुँचको आधारमा हुने गरेको दण्डहिनतालाई अन्त्य नगरिनु, आदि भ्रष्टाचारका प्रमुख कारक रहेकाछन् ।

२) लोकतान्त्रिक संविधानको मूल्य, मान्यता र मर्मप्रति राज्यका सबै निकायहरु संवेदनशिल तथा जवाफदेहि हुनुपर्ने अत्यावश्यक देखिएको ।

३) दलिय भागवण्डाको आधारमा नभई योग्यता तथा प्रतिष्पर्धाको आधारमा नियुक्ति गर्ने प्रणालीको विकास गर्ने परिपाटीलाई संस्थागत गर्ने ।

४) सार्वजनिक सेवा प्रवाह तथा सिमान्तकृत समुदाय लक्षित योजनाको प्रभावकारी कार्यान्वयन गर्ने ।

५) राष्ट्रिय गौरवका आयोजना लगायत जलवायु परिवर्तन सम्बन्धी आयोजनाका कार्यान्वयनमा सदाचार प्रवद्र्धन गर्ने ।

६) अख्तियारी प्राप्त सम्बन्धित निकायबाट भ्रष्टाचारका अभियोग दायर गरिएका ब्यक्ति तथा निकायहरुलाई सफाई दिने परिपाटिबाट दिनानुदिन भ्रष्टाचार मौलाएको हालको अवस्थामा यस्ता परिपाटीको अन्त्य गर्न सरकार तथा सम्बन्धित निकायहरु अत्यन्त गम्भिर हुनुपर्ने ।

यस परिप्रेक्ष्यमा मुलुकलाई सदाचार र सुशासनको बाटोमा अघि बढाउन ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल र यससँग आवद्ध मुलुकभरका तल उल्लेखित संस्थाहरुको यो भेलाले सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।

मदन कृष्ण शर्मा

अध्यक्ष

सौराहा, चितवन, २०८१ फागुन २४ गते

आवद्ध संस्था

महिला जागरण संघ, इलाम

नागरिक सरोकार मञ्च, मोरङ

मानव अधिकार र वातावरण विकास केन्द्र, उदयपुर

मानव अधिकार सचेतन तथा विकास केन्द्र, दोलखा

भ्रष्टाचार विरुद्ध अभियान, चितवन नेपाल

सुशासनका लागि नागरिक समाज, कास्की

संकल्प समुदायमा आधारित पुनस्र्थापना नेपाल, सुनसरी

पारदर्शी नेपाल सिद्धार्थनगर, रुपन्देही

सुशासन अभियान गुल्मी

बागेश्वरी असल शासन क्लब (बास नेपाल), बाँके, नेपालगञ्ज

नागरिक सरोकार संघ, सुर्खेत

सदाचारका लागि सामाजिक पहल, कैलाली

समाज कल्याण समाज, दार्चुला