स्ववियू निर्वाचनमा धाँधली भएको भन्दै नेक्राविसंघले गर्यो विरोध

स्ववियू निर्वाचनमा धाँधली भएको भन्दै नेक्राविसंघले गर्यो विरोध

भक्तपुर, चैत्र ६गते
स्ववियू निर्वाचन अन्तर्गत भक्तपुर बहुमुखी क्याम्पसको निर्वाचनमा खसेको मत भन्दा बढी मतपत्र भेटिएपछि धाँधलि भएको आशंका गर्दै नेपाल क्रान्तिकारी विद्यार्थी संघले विरोध जनाएको छ ।
हिजो सम्पन्न स्ववियू निर्वाचन अन्तर्गत भक्तपुर बहुमुखी क्याम्पसमा भएको मत गणनाकोक्रममा बढी मत खसेको पाईएपछि संघले विरोध जनाउँदा प्रहरी दमन समेत भएको भन्दै क्याम्पस गेटमा नारावाजी समेत गरेका छन । संघले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन समितिका पदाधिकारीहरुको राजिनामा माग गरेका छन् । निर्वाचनलाई निश्पक्ष र धाँधलि रहित बनाउन निर्वाचन समितिका पदाधिकारीको राजिनामा माग गर्दै संघले यसबाट सृजना हुने प्रतिकुल परिस्थितिको सम्पूर्ण जिम्मेवार र जवाफदेहीता निर्वाचन समिति हुने उल्लेख गर्दै नेक्राविसंघ भक्तपुर बहुमुखी क्याम्पसका संयोजक कल्पना कोजूले विज्ञप्ति जारी गरेका हुन ।