भक्तपुर, चैत ७ । माध्यमिक शिक्षा परीक्षा (SEE) चैत्र ०७ गते आज देखि सुरु हुने भएको छ । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा विहान ८ बजेबाट सुरु भएको हो । यस वर्ष २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सामुदायिक र संस्थागत गरी जम्मा ११,२१६ ओटा विद्यालयहरूबाट ५,१४,०७१ (छात्रा २,५७,७३०, छात्र २,५६,३११ र अन्य ३०) परीक्षार्थीहरू नेपालमा २०७९ र जापानमा १ गरी कुल २०८० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी हुँदै छन् ।
कुल परीक्षार्थीहरूमध्ये १६,९४७ जना परीक्षार्थीहरू प्राविधिक धारतर्फका रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक / सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७, ८१७ जना जनशक्ति प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटिने छ ।
माध्यमिक शिक्षा परीक्षा (SEE) लाई अनुशासति, व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सातओटै प्रदेशका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा ७७ ओटै जिल्ला परीक्षा समन्वय समितिहरूबाट परीक्षामा खटिने केन्द्राध्यक्षलगायतका जनशक्तिलाई अभिमुखीकरण गर्ने कार्य सम्पन्न गरी प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पुऱ्याउने लगायतका तयारीसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न भइसकेको जनाइएको छ ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...













