हेलि प्याड सहितको नागरिक अस्पतालकोे नयाँ भवन बन्ने
मध्यपुर, पुस २३ गते
स्वास्थ्य सेवामा कमजोरी गर्न नहुने भन्दै स्वास्थ्य मन्त्री प्रदिप पौड्यलले भूइमान्छे देखि सबैकालागि गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्ने स्वास्थ्य संस्था बनाउनुपर्नेमा जोड दिएका छन् । आज मध्यपुर थिमीस्थित नागरिक अस्पतालमा ९ शैयाको अत्याधुनिक लेभल ३ आइसीयूको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री पौड्यालले सरकारले सरकारी अस्पतालको मात्र नभई सबै स्वास्थ्य संस्थालाई सम्मान रुपमा हेरिने भन्दै जनस्वास्थ्य सेवा प्रभावकारी बनाउन सबै स्वास्थ्य संस्थाहरु सबल बनाउनुपर्नेमा जोड दिएका हुन । सबै अस्पतालहरुलाई पूर्ण क्षमताको अस्पताल बनाउन आवश्यक भएका भन्दै स्वास्थ्य विमालाई १ लाखबाट ५ लाखसम्म पुर्याउने आधारहरु तयार भइरहेको उल्लेख गरेका छन् ।


हयाम्स अस्पतालको व्यवस्थापनमा संचालित नागरिक कम्युनिटी टिचिङ्ग अस्पताल प्रालिले ९ तल्लाको हेलि प्याद सहितको अत्याधुनिक अस्पतालको भवन अवको दुई वर्ष भित्र निर्माणकालागि डिजाइन समेत भइसकेको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले जानकारी दिएको सो कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरवासीहरुको स्वास्थ्य उपचारकालागि गर्दै कार्यको कार्य सम्पदान बारे जानकारी दिदै मध्यपुर क्षेत्रमा पनि सुविधा सम्पन्न अस्पतालहरु रहेको बताए । सो अवसरमा विशेषज्ञहरुले आइसीयूमा राखेपछि विरामी मर्छ भन्ने भ्रमलाई चिर्नुपर्ने भन्दै आइसीयू भनेको मृत्यु शैया नभई रोगको प्रभावकारी उपचार गर्ने कक्ष भएको बताएका थिए ।














