हृदयराेगकाे ३३ औं सभामा बिभिन्न व्यक्तित्वहरू सम्मानित

हृदयराेगकाे ३३ औं सभामा बिभिन्न व्यक्तित्वहरू सम्मानित

राजुराम मुनंकर्मी
झापा, बिर्तामाेड
नेपाल हृदयराेग निवारण प्रतिष्ठानकाे बिर्तामाेड,झापामा २ दिनसम्म चलेकाे ३३ औं केन्द्रीयसभामा मुटुराेग बिशेषज्ञ डा. राजेन्द्र प्रसाद काेजूलाई “मृगेन्द्र सम्झना चिकित्सा गुठी अाेरेशन सम्मान” बाट सम्मान गरिएकाे छ । त्यसैगरी मृगेन्द्र सम्झना चिकित्सा गुठी युवा पुरि्कारबाट नगद रू २५ हजार राशीसहित धनुषा अस्पतालका डा. राजेश शाह, स्व. दामाेदर राज शर्मा स्मृति मुटुराेगी सेवा पुरस्कारबाट प्रतिष्ठानकाे मकवानपुर शाखाका निवर्तमान सभापति हरिवंश भेटवाललाई २५०००/- नगद र सम्मान, एण्ड.अार.एच.डी. अवार्डबाट नगद रू २५ हजारसहित डा. उर्मिला शाक्यलाई, शाखा प्राेत्साहन पुरस्कारबाट ५० हजार नगदसहित धादिङ० शाखा र सर्वाेत्कृष्ट शाखा सम्मानबाट प्रतिष्ठानकाे चितवन शाखालाई सम्मान गरिएकाे छ ।


प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. सत्यनारायण सुवालकाे सभाध्यक्षता एवम् बिर्तामाेड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईंकाे प्रमुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथि कनकाइ नगरपालिकाका उपमेयर अाशा शर्मा सिवाकाेटी, झापा शाखाका कार्डियाेलाेजिष्ट /सल्लाहकार डा.उमेश यादव, प्रतिय्ठानका पूर्व अध्यक्ष डा. अवनिभूषण उपाध्याय र केन्द्रीय सभाका संयाेजक एवं निवर्तमान अध्यक्ष बलराम न्याैपाने, उपाध्यक्ष डा. पुष्पराज राजकर्णिकार, सम्मानित व्यक्तित्व डा. राजेन्द्र काेजूलगायतले मुटुराेग सचेतना तथा अपनाउनु पर्ने सावधानी, जीवनशैली परिवर्तन, याेग, व्यायाम तथा ध्यानकाे महत्व, उचित खानपान अादिबारे मन्तव्य दिनुभएकाे थियाे ।
त्यसैगरी प्रतिष्ठानका पूर्व अध्पक्ष वरिष्ठ मुटुराेग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले एण्ड. अार. एच.डी. कार्यक्रम सञ्चालनकाे लागि २ कराेड धनराशी पुर्याउने लक्ष्य रहेकाे बताउनु हुँदै मुटुराेग निवारणकाे लागि अपनाउनु पर्ने भावी दिशा सम्बन्धी प्रकाश पार्नुभएकाे थियाे ।
उक्त कार्यक्रममा सहभागी प्रमुख अतिथि , विशेष अतिथि, अतिथि र प्रतिष्ठानकाे २८ जिल्लाबाट सहभागी प्रतिनिधिहरूलाई महासचिव काेमलप्रकाश घिमिरेले स्वागत गर्नुभयाे भने झापा शाखाका सभापति सन्ताेष अग्रवालले कृतज्ञता ज्ञापन गर्नुभएकाे थियाे । बिर्ताेमाेडकाे अग्रसेन भवनमा सम्पन्न उक्त कार्यक्रममा प्राविधिक तालिम, शाखा सुदृढिकरण तालिम, शाखाहरूकाे प्रतिवेदन प्रस्तुति , प्रभातफेरि कार्यक्रमहरू सञ्चालन हुनुका साथै महासचिव र काेषाध्यक्षले प्रस्तुत गर्नुभएकाे दुबै प्रतिवेदनहरू सर्वसम्मतिले पारित गरिएकाे थियाे ।