भक्तपुरका युवाहरुको सडक सत्याग्रह

भक्तपुर, जेष्ठ ३० गते
कोरोना भाइरस रोक थाम र राष्ट्यिताका सावालमा भक्तपुरका स्वतन्त्र युवाहरुले आज सडक सत्याग्रह गरेका छन् । भक्तपुरको सल्लाघारीमा जम्मा भएका युवाहरुले कोरना भाइरसको रोकथाम र उपचारमा सरकारले कमजोरी गरेको उल्लेख गर्दै सडकमा धर्ना दिएका छन् । सरकारले उपचारमा गरेको भनिएको १० अर्व खर्चको पारदर्शिता र सरकारको दुरदर्सिताको माग गर्दै तिनीहरुले सरकारको दवाफमुलक विरोध गरी नारा जुलुस समेत गरेको छ ।

सरकारले लक डाउनलाई केही खुकुलो बनाएको पहिलो दिन मै सडकमा आएर युवाहरुले विरोध कार्यक्रम गरेका हुन । राष्ट्यि झण्डा बोक्दै आडित होइन पिसिआरबाट परिक्षणको व्यवस्था गर्न माग पनि गरेका छन् । कोरनाको महामारी त छ दै छ तर भ्रष्टाचारको महामारी कहिलेसम्म? जस्ता नारा लगाइएका प्लेकार्डहरु बोक्दै प्रदर्शनकारीहरुले सडकमा प्रदर्शन गरेका हुन ।