भक्तपुर महोत्सवका स्थलहरुको निरिक्षण

भक्तपुर महोत्सवका स्थलहरुको निरिक्षण
भक्तपुर, मंसिर १५गते
भक्तपुर महोत्सव आयोजनाको तयारी स्वरुप महोत्सव सचिवालयले स्थलगत निरिक्षण गरेको छ । महोत्सव हुने नगरका ३२ स्थलहरुको स्थलगत रुपमा निरिक्षण गर्दै स्थानीय समुदायसँग महोत्सव बारे छलफल समेत गरेका थिए । इतिहासमै पहिलो पटक बृहत रुपमा आयोजना हुन लागेको भक्तपुर महोत्सवको तयारीलाई व्यवस्थित गर्न सो निरिक्षण गरेको थियो ।