भक्तपुर नगरका वडा वडामा आज सरसफाई कार्यक्रम
भक्तपुर, मंसिर १५ गते
भक्तपुर नगरका १० वटै वडामा आज विशेष सरसफाई कार्यक्रम आयोजना भएको छ । महिनाको दुई पटक सरसफाई कार्यक्रम आयोजना गर्दै आएको भक्तपुर नगरपालिकाले आज वडा वडामा वडास्तरबाट सरसफाई कार्यक्रम आयोजना गरेको थियो । आसन्न भक्तपुर महोत्सवलाई लक्षित गर्दै वडास्तरमा सरसफाई कार्यक्रम आयोजना भएको भनपा ७का वडाध्यक्ष उकेश कवांले बताउनु भयो । महिनाको १ गते र १५ गते गरी महिनाको दुई पटक विशेष सरसफाई कार्यक्रम आयोजना गर्दै आएकोमा यस पटक वडास्तरमै सरसफाई कार्यक्रम आयोजना गरेका हुन । भनपा १०कावडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाको नेतृत्वमा वडाका जनप्रतिनिधी र वडावासीहरुको सहभागितामा आज वडाको महालक्ष्मी स्थान, नाग पोखरी, कमलविनायक हुँदै यातु गणेश मन्दिर क्षेत्रसम्म सरसफाई गरेका थिए ।
















