बोदेमा शनिबार २६ औं विविध भाषा साहित्य सम्मेलन हुनेको तयारी
मध्यपुर, कार्तिक १६ गते
२६ विविधि भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमको तयारी पूरा गरेको छ । भोली विहान नगदेशबाट भिन्तुना र्याली अयोजाना गरी विहान ११ बजेदेखि साहित्य सम्मेलन र साँझ साँस्कृतिक कार्यक्रम आयोजना गर्ने गरी विविध भाषा साहित्य सम्मेलनको २६ औं सृखला आयोजनाको अन्तिम तयारी पूरा गरेको आयोजक विविध भाषा साहितिक समाजका पूर्व अध्यक्ष सूर्यराम श्रेष्ठले जनाएको छ । भाषा, कला र संस्कृति जर्गेना गरौं, राष्ट्रिय भावना जोगाऔं भन्ने उद्घोष गर्दै विविध भाषाले मध्यपुर थिमीका विभिन्न स्थानहरुमा साहित्य सम्मेलन तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको उल्लेख गर्दैै समाजका अध्यक्ष प्रेम निडरले मध्यपुरका युवाहरुम देखिएको विकृति दुर्वेषनीहरु अन्त्य गर्न विविध भाषाको विकास भएको जनाएका छन् । मध्यपुर थिमीका विभिन्न टोल टोलमा देखाउँदे आएको विविध भाषाले भिन्तुना र्याली गरी शषधर साख्वाको सालिकमा माल्र्यापन कार्य गर्दै आएको भए पनि सो क्षेत्रमा अन्य कार्यक्रम हुन थालेपछि विविधले भिन्तुना र्याली साहित्य सम्मेलन र साँस्कृतिक कार्यक्रम मात्र आयोजना गर्दै आएको आयोजक समितिले जनाएको छ । २६ औं विविध भाषा साहित्य सम्मेलनका प्रमुख अतिथि नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे रहनुका साथै विभिन्न क्षेत्रका विषयविज्ञहरुको प्रवचन सहित साहित्य बाचन कार्यक्रम गर्ने अयाोजकहरुको तयारी छ ।














