सहकारीमा नीति, विधि र प्रविधिको प्रयोगले जनता ठग्न पाउँदैन !
मध्यपुर थिमी, असोज ५ गते
विभिन्न सहकारी संस्थाहरुले सदस्य समुदाय ठगि रहेको गुनासोहरु आइरहदा मध्यपुर थिमीको शंखधर साकोसले शंखधर साख्वाकै पद्चिन्हका साथ समुदायको आर्थिक सामाजिक एवं साँस्कृतिकस्तर विकासकालागि योगदान पुर्याइरहेको छ । उक्तकुरा शंखधर साकोसले आज मध्यपुर थिमीको शंखधर पार्टि प्यालेसमा आयाजित १७ औं वार्षिक साधारण सभाका अतिथिहरुले व्यक्त गरेका हुन । देश डिजिटल नेपालमा गइरहेको छ, सहकारीको नाममा जनता गठि रहेका छन् भन्दै अतिथिहरुले जनतालाई ठगिनबाट बचाउन सहकारी संघ संस्थालाई नीति, विधि र प्रविधिले सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । बागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द् श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, मथिनपा ४का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, स्फेकका अध्यक्ष तथा उपाध्यक्ष केशवमान श्रेष्ठले मन्तव्य व्यक्त गरेको संस्थाका व्यवस्थापक राजेन्द्र कायष्ठले जनाएको छ ।


कार्यक्रममा भक्तपुर बचत संघका उपाध्यक्ष हरि बल्ल, जिल्ला सहकारी संघका सचिव रामप्रसाद कासुला, मध्यपुर थिमी सहकारी शाखा प्रमुख अभयन्द्र रंजितसहितका अतिथिहरुले सहकारी अभियान बारे आआफ्नो धारणा व्यक्त गरेका थिए । एसईई र चेस खेलाडीलाई समेत सम्मान र पुरस्कृत गरिएको सो साधारण सभामा सदस्य नं. २२१३की भिमा योङ्गहाङ्गलाई उत्कृष्ठ कारोवार गरेको भन्दै चाँदिको सिक्का भएको मायाको चिन्ह प्रदान गरेको थियो । साथै सो अवसरमा जेष्ठ नागरिक सम्मान, सहयोगि निकाय र व्यक्तिहरुलाई कदर पत्रका साथै विभिन्न छात्रवृत्ती सम्मानहरु पनि प्रदान गरिएकोे व्यवस्थापक कायष्ठले जनाएको छ ।
आज सम्पन्न शंखधर साकोसको १७ वार्षिक साधारण सभा बारे थप जानकारी दिदै संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ














