धानमा क्षति पुगेका किसानलाइ क्षतिपुर्ती दिन मापदण्ड निर्माण ।

धानमा क्षति पुगेका किसानलाइ क्षतिपुर्ती दिन मापदण्ड निर्माण ।
सरकारले बेमौसमी बर्षाका कारण धानमा क्षति पुगेका किसानहरुलाइ क्षतिपुर्ती दिने मापदण्ड बनाएको छ । सरकारले ठूला, मध्यम र साना किसान गरि तीन तहमा बिभाजन गरि मापदण्ड बनाएको छ । मापदण्ड अनुसार धानबालीमा पूर्ण रुपमा क्षति पुगेका साना किसानलाइ उत्पादन लागतको ६५ प्रतिशत क्षतिपुर्ती दिइने छ । धानबालीमा क्षती पुगेका मध्यम किसानलाइ उत्पादन लागतको तीस प्रतिशत तथा ठूला किसानलाइ उत्पादन लागतको २० प्रतिशत रकम प्रदान गरिने कृषि तथा पशुपक्षिं बिकास मन्त्रालयले जनाएको छ । यस्तै धानबालीमा आंशिक मात्रै क्षती पुगेका ठूला , मध्यम वा साना किसानलाइ उत्पादन लागतको २० प्रतिशत रकम दिने गरि मापदण्ड बनाईएको छ ।
सरकारले १० कठ्ठा भन्दा बढी र तीन बिगाह सम्म जग्गामा खेती गरेका किसानलाइ मध्यम स्तरको किसान हुने गरि मापदण्ड बनाएको छ भने १० कठ्ठा सम्म मात्रै जमिनमा खेती गरेको किसानलाइ साना किसानको रुपमा समेटेको छ । यसैगरि तीन बिगाह भन्दा बढि जमिनमा खेती गर्दै आएका किसानलाइ ठूला किसान अन्र्तगत राखेर सरकारले मापदण्ड बनाएको छ । यसका लागि स्थानीय सरकारले आफ्नो षेत्र भित्रका किसान र भएको क्षतिको वडागत रुपमा लगत सङ्कलन गर्नुपर्ने हुन्छ । यसका लागि स्थानीय विपद् व्यवस्थापन समितिमा स्थानीय तहका प्रमुख उपप्रमुख संयोजक रहने गरि ४ सदस्यि सिफारिस समिति बनाउन पनि मन्त्रालयले भनेको प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो । राहत स्वरुप दिईएकाृ सो रकम किसानको खातामा सिधै पठाउने व्यवस्था गरिने पनि मन्त्रालयले जनाएको छ । यस अघि धान पाक्ने समयमा असोज अन्तिमा आएको बर्षाका कारण धानमा क्षति पुगेको थियो ।