धानमा क्षति पुगेका किसानलाइ क्षतिपुर्ती दिन मापदण्ड निर्माण ।
सरकारले बेमौसमी बर्षाका कारण धानमा क्षति पुगेका किसानहरुलाइ क्षतिपुर्ती दिने मापदण्ड बनाएको छ । सरकारले ठूला, मध्यम र साना किसान गरि तीन तहमा बिभाजन गरि मापदण्ड बनाएको छ । मापदण्ड अनुसार धानबालीमा पूर्ण रुपमा क्षति पुगेका साना किसानलाइ उत्पादन लागतको ६५ प्रतिशत क्षतिपुर्ती दिइने छ । धानबालीमा क्षती पुगेका मध्यम किसानलाइ उत्पादन लागतको तीस प्रतिशत तथा ठूला किसानलाइ उत्पादन लागतको २० प्रतिशत रकम प्रदान गरिने कृषि तथा पशुपक्षिं बिकास मन्त्रालयले जनाएको छ । यस्तै धानबालीमा आंशिक मात्रै क्षती पुगेका ठूला , मध्यम वा साना किसानलाइ उत्पादन लागतको २० प्रतिशत रकम दिने गरि मापदण्ड बनाईएको छ ।
सरकारले १० कठ्ठा भन्दा बढी र तीन बिगाह सम्म जग्गामा खेती गरेका किसानलाइ मध्यम स्तरको किसान हुने गरि मापदण्ड बनाएको छ भने १० कठ्ठा सम्म मात्रै जमिनमा खेती गरेको किसानलाइ साना किसानको रुपमा समेटेको छ । यसैगरि तीन बिगाह भन्दा बढि जमिनमा खेती गर्दै आएका किसानलाइ ठूला किसान अन्र्तगत राखेर सरकारले मापदण्ड बनाएको छ । यसका लागि स्थानीय सरकारले आफ्नो षेत्र भित्रका किसान र भएको क्षतिको वडागत रुपमा लगत सङ्कलन गर्नुपर्ने हुन्छ । यसका लागि स्थानीय विपद् व्यवस्थापन समितिमा स्थानीय तहका प्रमुख उपप्रमुख संयोजक रहने गरि ४ सदस्यि सिफारिस समिति बनाउन पनि मन्त्रालयले भनेको प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो । राहत स्वरुप दिईएकाृ सो रकम किसानको खातामा सिधै पठाउने व्यवस्था गरिने पनि मन्त्रालयले जनाएको छ । यस अघि धान पाक्ने समयमा असोज अन्तिमा आएको बर्षाका कारण धानमा क्षति पुगेको थियो ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...













