प्रहरी बिट अगाडी नै मन्दिर टोडफोड, स्थानीयहरु चिन्तित

प्रहरी बिट अगाडी नै मन्दिर टोडफोड, स्थानीयहरु चिन्तित

भक्तपुर,
भक्तपुरको प्रसिद्ध चरखण्डी परिसरमा रहेको बुद्ध मन्दिरमा चोरी प्रयास भएको छ । एक महिने गुँला धलं समापन भइरहँदा बुधबार सो मन्दिरमा चोरी प्रयास भएको खुलेको छ । मन्दिरको मुल ध्वाको खापा फुट्टाउने प्रयास भएबाट सो मन्दिरमा चोरी प्रयास भएको भन्दै स्थानीय बुद्धिजीवी रत्न सायमीले मन्दिरको अवस्था हेर्दा मन्दिरमा चोरी मात्र नभई स्वरुप नै बिगार्ने प्रयास भएको बताएका छन् । मन्दिर छेउँमै प्रहरी पोष्ट रहँदा पनि मन्दिर टोडफोड भएको चर्चा गर्दै सायमीले सो घटनामा को को संलंग्न भएको पुष्टि हुन नसकेको उल्लेख गर्दै यसले धार्मिक वातावरण तथा सदभावना बिगार्ने कार्य भएकोमा भत्सना गरेको छ । बौध मर्मालम्बीहरुको महत्वपूर्ण पर्व गुँला धलंको संकल्प पूजा एवं समाप्ती पूजा भइरहेको बेला मन्दिरको ध्वाका र भुईको ईट्टा फुटाउने जस्तो निन्दनीय कार्यले धार्मिक द्वन्द निम्त्याउन सक्ने प्रति सरोकारवालाहरुको ध्यानाकषर्ण गराउँदै सायमीले दोसी पत्ता लगाई कार्वाही गर्न आग्रह गरेको छ ।


नेपाल मण्डल भित्र रहेका विभिन्न ६४ कुण्डहरु मध्ये चरखण्डी कुण्ड पहिलो र त्यसपछि बाघद्वार हुँदै पूज्ने चलन रहेको भन्दै उहाँले प्रत्येक वर्ष चरखण्डी (चखुँतिर्थ) कुण्डमा मेला लाग्ने बताएका छन् । यस्तो महत्व बोकेको चरखण्डी परिसरमा रहेको एक मात्र बुद्ध मन्दिरमा टोडफोड हुनु अत्यन्त दुःखद भएको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । सो मन्दिर सूर्यविनायक नगरपालिका वडा नं ४स्थित दधिकोट र सिरुटालको सिमानामा रहेको छ ।