काठमाण्डौं स्कुल अफ लमा लेन्स अफ जस्टिक सम्मेलन

काठमाण्डौं स्कुल अफ लमा लेन्स अफ जस्टिक सम्मेलन
भक्तपुर, भाद्र ६ गते
काठमाण्डौं स्कुल अफ लले दुई दिने लेन्स अफ जस्टिक सम्मेलन आयोजना गरेको छ । इजराइल र प्यालेस्टिइन बीचको द्धन्द्धको विषयमा केन्दित सो सम्मेलन आज र भोलिका लागि आयोजना गरेको विद्यालयका सहायक प्राध्यापक रुविन श्रेष्ठले जनाएको छ । सम्मेलनले ईजराइल प्यालेस्टाइन द्धन्द्धको सम्दर्भमा अन्तर्राष्ट्रिय मानवीय कानुनको प्राज्ञिक ज्ञानको अभिवृद्धि गर्न, कानुन, राजनीति शास्त्र, समाजशास्त्र र इतिहास जस्ता विषयका विज्ञहरु बीच छलफल गराउन, प्रमाण मुलक ज्ञान र सुझावका आधारमा नीति निर्माणमा प्रभाव पार्न, विषय विज्ञ, प्राध्यापक र विद्यार्थीहरु बीच प्राज्ञिक सम्बन्धको विकास गर्न र उच्चस्तरीय छलफल र अनुसन्धानद्वारा विद्यार्थीहरुको शैक्षिक अनुभवको वृद्धि गर्न सो सम्मेलन आयोजना भएको प्राध्यापक श्रेष्ठले जनाएको छ ।