हैजा फैलिएको बारे भक्तपुरमा भ्रम !
भक्तपुर, श्रावण २० गते
हैजा बारे भक्तपुरमा भ्रम फैलिएको छ । बर्षातको समयमा हैजा जस्तो संक्रामक रोग फैलिन सक्ने डर रहे पनि हालसम्म भक्तपुरमा हैजा संक्रमण पुष्टि भएको छैन । यद्यपी विभिन्न सामाजिक सञ्जालमा हैजा फैलियो भन्दै जारी सन्देशहरुले जनमानसमा भ्रम फैलिएको प्रति जनस्वास्थ्य कार्यालय भक्तपुरले आपति जनाएको छ । ललितपुर, काठमाण्डौ र कैलालीमा मात्रै हालसम्म हैजा फैलिएको पुष्टि भएको भन्दै जनस्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख अस्मिता ओझाले भक्तपुरमा हालसम्म हैजा पुष्टि नभएको बताउनु भयो । भक्तपुरमा हैजा पुष्टि भयो भनिएका व्यक्ति ललितपुरको किस्ट अस्पतालमा कार्यरत व्यक्ति भएको र उनको बासस्थान र खानपिन समेत त्यतै भएकाले सो केसको आधारमा भक्तपुरमा हैजा पुष्टि नभएको कार्यालय प्रमुख ओझाले बताउनु भयो । उहाँले वर्षातको समयमा जनमानसमा हैजाका जीवाणु कुनै पनि बेला संक्रामक रुपले फैलिन सक्ने भएकाले खानेपानी शुद्धीकरण र ढल व्यवस्थापनको खाँचो औल्याउँदै हैजा र डेंगु जस्तो संक्रामक रोगहरुबाट सुरक्षित व्यवहारमा रहन सवै साधारणमा आग्रह गर्नु भएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












