भक्तपुरमा पनि चाडर्व सुरक्षा योजना २०८२ लागु
भक्तपुर, असोज १२ गते
जिल्ला प्रहरी कार्यालय भक्तपुरले चाडपर्व लक्षित सुरक्षा योजना २०८२ लागु गरेको छ । यसवर्षको बडा दशै, दिपावली तथा छठ पर्व लगायतका चाडपर्वको अवसरमा यस जिल्ला अन्तर्गतका सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजि आवास, ब्यापारिक स्थल, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने स्थानहरुमा मानिसहरुको चहल पहल एवं आर्थिक कारोबार बढ्ने र त्यस्ता स्थलहरुमा चोरी, डकैती, लुटपाट, स्न्याचिङ, वगालीमारा, नक्कली सुन तथा डलर लगायत विविध सामाग्री देखाई, ईन्टरनेट, सामाजिक सञ्जाल मार्फत हुने विविध ठगी, अवैध रुपमा हुने मादक पदार्थ विक्रि वितरण, सेवन गर्ने, झै–झगडा, लागु औषध, अपहरण, चन्दा असुली, फिरौती माग, मानव बेचबिखन तथा ओसारपसार, जुवातास लगायतका अपराधहरु नियन्त्रण गर्न र हालको परिस्थितिमा थप सुरक्षा चुनौती बढ्न गएको अवस्थालाई मध्यनजर गर्दै आम नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन २४ सैं घण्टा जनस्तरसम्म सचेतना कार्यक्रम, प्रहरी गस्ती, एम्बुसिङ, चेक प्वाईन्ट, पिकेट, सरप्राईज चेकिङ्गको लागि चाडपर्व लक्षित सुरक्षा योजना २०८२ लागु गरिएको प्रहरीका सूचना अधिकारी ढुण्डीराज नेउपानेले आज जारी गरेको विज्ञप्तिमा भनिएकोछ । सूचना अधिकारी नेउपानेका अनुसार भक्तपुर प्रहरी परिसर तथा मातहत प्रहरी ईकाईहरुमा उपलब्ध प्रहरी जनशक्ति तथा साधनस्रोतलाई उच्चतम प्रयोग एवं परिचालन गरी भरपर्दो तथा प्रभावकारी सुरक्षा व्यवस्था मिलाईएको साथै मुख्य बजार, चोक, संवेदनशिल क्षेत्र, मठमन्दिर, बैंक बित्तिय संघसस्थाको सुरक्षाका लागि बेग्लै टोली र कुनै पनि घटनाको जानकारी प्राप्त भएको १० मिनेटमा प्रहरी पुग्नको निमित्त २७ वटा Quick Response Team (QRT) टोली परिचालन गरिएको जनाएको छ । सूचना अधिकारी नेपाउनेभे भन्नु भयो अपराधिक गतिविधी गर्ने तथा कानूनको उल्लंघन गर्ने जोसुकैलाई पनि कानूनी कठघरामा उभ्याईने हुँदा कुनै घटना भएमा तत्काल प्रहरीको १००, १०३ र जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्क नम्बर ०१–६६१४७०८, ९८५१२८३०२०, ९८५१२९०९७६ मा खबर गर्न अनुरोधका साथै, वडादशै ढुक्कसाथ मनाउन सम्पूर्ण भक्तपुरबासीलाई हार्दिक अनुरोध गर्दछौं ।















