न्यातापोल कर्नर टीमको ४१ आौं स्थापना दिवसको अवसरमा खुल्ला रक्रदान

न्यातापोल कर्नर टीमको ४१ आौं स्थापना दिवसको अवसरमा खुल्ला रक्रदान
भक्तपुर, श्रावण १९ गते
न्यातापोल कर्नर टीमको ४१ आौं स्थापना दिवसको अवसरमा खुल्ला रक्रदान कार्यक्रम आयोजना भएको छ । योसिंखेल भक्तपुरमा आयोजित सो रक्रदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको आयोजक समितिका मुत्र्तिसुन्दर जधारीले जनाएको छ ।

यसै स्थापना दिवसको अवसरमा भक्तपुर जिल्ला व्यापी मास्ट्र्स टेवुल टेनिस प्रतियोगिता पनि आयोजना गरेको छ । प्रतियोगितामा एकल तर्फ जीवन गोसाईले रामसुन्दर माताङ्गलाई पराजित गर्दै प्रथम भएका थिए भने कृष्णगोविन्द शिल्पकार र राध्येश्याम मचामसी संयुक्त रुपमा तृतीय भएका थिए । यसै वीच युगल तर्फ रामसुन्दर माताङ्ग र रविन धौभडेलको जोडीले जीवन गोसाई रपुण्यराम धमोसुको जोडीलाई पराजित गर्दै प्रथम भएका थिए । प्रतियोगितामा रोशन धौभडेल र रोशन सिबनजारको जोडी र राध्येश्याम मचामसी र विक्रम जधारीको जोडी संयुक्त रुपमा तृतीय भएका थिए प्रतियोगिताका विजयी टिमलाई टिमको ४१ औ स्थापना दिवसको अवसरमा हुने कार्यक्रम बीच श्रावण २४ गते पुरस्कार वितरण हुने टिमका अध्यक्ष शिवसुन्दर गोठेले जनाएको छ ।