२३ वर्षमुनिको एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान ।

२३ वर्षमुनिको एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान ।
एएफसी २३ वर्ष मुनिको एसियन कप छनोटका लागि नेपाली टोलि ताजिकिस्तान तर्फ प्रस्थान गरेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम आज ताजिकिस्तानका लागि प्रस्थान गरेको जनाएको छ ।छनोटका लागि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले आइतबार २३ सदस्सीय नेपाली टिमको घोषणा गर्नुभएको थियो ।छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ ।
नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।छनोट अघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको २३ वर्ष मुनिको टोलिसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी २३ वर्ष मुनिको एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि २३ वर्ष मुनिको एसियन कपमा छनोट हुनेछन् ।उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।