आज भोटो देखाउने, उपत्यकामा सार्वजनिक विदा

आज भोटो देखाउने, उपत्यकामा सार्वजनिक विदा
भक्तपुर, श्रावण २०गते
आज ज्यावलाखेलमा भेटो देखाउने पर्व परेकाले आज काठमाण्डौ उपत्यकालाई सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयद्वारा जारी सूचनामा २०८० साल १०। २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटोट देखाउने जात्राका दिन काठमाण्डौ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा मिति २०८१ साल श्रावण २० गते आईतबार काठमाण्डौ उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । भनिएको छ। गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टाईद्वारा जारी यो सूचना श्रावण १८ गते जारी भएको थियो ।

बुङ्ग द्यः अर्थात रातो मच्छिन्द्रनाथको रथ जात्रा एवं भोटो जात्रा बारे सञ्चारकर्मी शान्तराज शाक्य


सहकालका देवताको रुपमा तीन वटै जिल्लाका समुदायले मनाईने बुङ्ग द्यः, करुणामय, अर्थात रातो मच्छिन्द्रनाथको रथलाई ज्यावलाखेल पुराएपछि भोटो देखाउने प्रचलन अनुसार आज साँझ ज्यावलाखेलमा भोटो देखाउने छन् ।