भक्तपुर कांग्रेसको पत्रकार सम्मेलन
भक्तपुर, पुस २१ गते
आसन्न फागुन २१ गतेको निर्वाचनका लागि नेपाली कांंग्रेस भक्तपुरले तयारी थालेको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले तोकिएको नियमित अधिवेशनको मितिमै गर्ने कुरामा सहमति जनाउँदै जिल्ला सभापति दुर्लभ थापाले आज भक्तपुरमा पत्रकार सम्मेलन गर्दै आसन्न निर्वाचनमा कांग्रेस एक्लै वा पूराना पार्टीसँग गठबन्दन गरेर भएपनि चुनाव लडन तयार भएको जनाएका छन् । पार्टीको अधिवेशन वडा तहदेखि केन्द्रीय नेतृत्वसम्म नियमित अधिवेशनबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिदै भाद्र २३ र २४ गतेको तोडफोड स्विकार्य नभएको बताउँदै उहाँले राजनैतिक दलहरुले समानुपातिकतर्फ आफ्ना बन्द सूचीहरु निर्वाचन आयोगमा बुझाई सकेकाले निर्वाचनमा होमिन आवश्यक बताए । पत्रकार सम्मेलनमा महासमिति सदस्य गणेशमान चक्रधर, कृष्णलाल भडेल, हरीकृष्ण श्रेष्ठ, सन्तोष भट्टराईसहित महाधिवेशन प्रतिनिधि तथा सदस्यहरुको सहभागिता थियो । कार्यक्रममा क्षेत्रिय सभापति जीवन खत्री सहित ३८ पदाधिकारीहरुको हस्ताक्षर सहितको विज्ञप्ति जारी गरी भक्तपुर कांग्रेस एकढिक्का रहेको सन्देश दिन पत्रकार सम्मेलन आयोजना गरेको उहाँले बताए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
देश डुवाउने र जलाउने दुवै जनताका सत्रु हुन्ः प्रेम सुवाल
2026-11-09 Comments Off on देश डुवाउने र जलाउने दुवै जनताका सत्रु हुन्ः प्रेम सुवाल
देश डुवाउने र जलाउने दुवै जनताका सत्रु हुन्ः प्रेम सुवालभक्तपुर, २३ कार्तिकनेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार...
सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप
2026-11-09 Comments Off on सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप...
सरगम राईको नयाँ गीत ‘बसी देउ तिमी…’ सार्वजनिक
2026-11-08 Comments Off on सरगम राईको नयाँ गीत ‘बसी देउ तिमी…’ सार्वजनिक
सरगम राईको नयाँ गीत ‘बसी देउ तिमी...’ सार्वजनिक काठमाडौं । नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक, संगीतकार...
लोकेश्वर साकोसमा स्वागत तथा परिचयात्मक कार्यक्रम
2026-11-08 Comments Off on लोकेश्वर साकोसमा स्वागत तथा परिचयात्मक कार्यक्रम
लोकेश्वर साकोसमा स्वागत तथा परिचयात्मक कार्यक्रमलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को नया“ गठित उपसमितिका सदस्यहरुलाई स्वागत तथा परिचयात्मक एवं...
भक्तपुर नगरव्यापी आधारभूत तह र माध्यमिक तहको कविता प्रतियोगिता तथा पुरस्कार वितरण शनिबार सम्पन्न
2026-11-07 Comments Off on भक्तपुर नगरव्यापी आधारभूत तह र माध्यमिक तहको कविता प्रतियोगिता तथा पुरस्कार वितरण शनिबार सम्पन्न
प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाई केन्द्रको संयुक्त आयोजनामा भक्तपुर नगरव्यापी आधारभूत तह र माध्यमिक तहको कविता प्रतियोगिता तथा पुरस्कार...













