फोहर नगरलाई एसियाको सफा शहर बनाउनु नै क्रान्तिः मेयर प्रजापति
भक्तपुर, ३ फागुन । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा शुभकामना तथा बधाई ज्ञापन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा एक समारोह बीच बुधबार बज्र होटल बालाखुमा सम्पन्न भयो । भक्तपुरका अस्मिता दुवाल विश्व बक्सिङ च्यापियनशीप प्रतियोगिता नेपालबाट छनौट भएकोमा सफलताको शुभकामना र नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम भएकोमा त्यस्तै विजय बाटा एसियन युथ अण्डर २२ मा तृतीय, नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा द्धितीय र त्यस्तै निता गोसार्ई नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा द्धितीय भएकोमा बधाई दिदैं प्रमुख अतिथि नगर प्रमुख सुनिल प्रजापतिले खादा र मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले क्रान्ति र इन्क्लाब भनेको परिवर्तन भएको बताउँदै भक्तपुर नेपाल कै फोहर नगरलाई एसियाको सफा शहर बनाउनु नै क्रान्ति हो भन्नुभयो । उहाँले शिक्षामा पछाडि परेको जिल्लामा एक घर एक स्नातकको लक्ष्य नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे(रोहित)को सोच अनुसार गरीव र जनतालाई पढाउने हो भने आफ्नै कलेज हुनु पर्ने उद्देश्यका साथ ७ वटा कलेज संचालन गरेको र प्रत्येक वडामा दुई सयभन्दा बढी इन्जिनियरहरु हुनु क्रान्ति भएको बताउनुभयो । उहाँले सम्पदा संरक्षण नभएर जिर्ण रहेको सम्पदा पर्यटक सेवा शुल्क उठाई विदेशीको सहयोग विना सम्पदा संरक्षण गरेको क्रान्ति भएको बताउनुभयो । उहाँले डाक्टर विश्वकानन्दका अनुसार भक्तपुर अस्पताल पहिला बेडमा कुकुर सुत्ने अस्पताल प्रदेशको उत्कृष्ट अस्पताल भएको र त्यस्तै नगरपालिकाले ख्वप अस्पताल संचालन समेत गरी ब्लडको सबै पैसा नगरपालिकाले व्यहोर्ने र अक्सिज निःशुल्क वितरणका साथै घरदैलो नर्सिङ संचालन र स्वास्थ्य उपचारको लागि १० मिनेटमा उपलब्ध हुने अवस्थामा विकास भएको बताउँदै खेलकुदमा पनि विकासको निम्ति २०३९ सालमा नगरप्रमुख ज्ञानबहादुर न्याईच्याईको संयोजकत्वमा नगर खेलकुद समिति बनाई अहिले अन्तर विद्यालय प्रतियोगिता र अन्तर नगर प्रतियोगिताहरु गरिरहेको बताउनुभयो । उहाँले अनुशासन खेलाडीको गहना भएको बताउँदै सबै कुरा राजनीतिले संचालन हुने भएकोले जुन देशमा राजनीति राम्रो हुन्छ त्यसका जनतालाई सुख हुन्छ भन्नुभयो । उहाँले राजनीति भनेकै परिवर्तन भएकोले कृषि प्रधान देशमा कृषिजन्य पदार्थ बर्षमा साढे तीन खर्वको आयान हुने बताउँदै मल, सिचाईको अभाव र युवाहरु विदेशीनाले खेत बाझो भएकोले यो स्थिति आएकोमा शासकहरु जिम्मेवार रहेको बताउनुभयो । उहाँले विदेशमा पढ्न जानेहरुले करिब १ खर्ब रुपैंया विदेशीने गर्दा देश अगाडि बढ्न नसकेको पुजिवादी व्यवस्थाका कारण हो भन्नुभयो । उहाँले पुजिवाद भनेको सबै निजिलाई जिम्मा दिने सरकारले रेखदेख र नियन्त्रणमात्र गर्ने भन्छ भने समाजवादमा सबै दायित्व राज्य वा सरकारले जिम्मा लिने व्यवस्था हो भन्नुभयो । उहाँले विश्व स्वास्थ्य संगठनको तथ्याङ्क स्वास्थ्य उपचार मंहगीका कारण बर्षमा पाँच लाख जनता गरिबिको रेखामुनि पुग्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा आए अनुसार सुनको कचौरामा माग्ने अर्थात अपार सम्पदा र स्त्रोत साधन हुँदाहुँदै यतिका पछाडि पर्नुको कारण पुजिवाद भएको बताउनुभयो । उहाँले विश्वको दोश्रो जलश्रोतको धनी देश भएता पनि निर्मल पानी विश्वमा आयआर्जनको स्त्रोत बन्न सक्ने र प्रशस्त विधुत निकाल्न सक्ने अवस्था हुँदा हुँदै भारतले नदिनाला कब्जा गर्दा आर्थिक रुपमा स्वतन्त्र हुन नसकेको देश आत्मनिर्भर हुन नसक्ने भएकोले उपनिवेश नभएको देश भनेतापनि अर्ध उपनिवेशबाट मुक्त नभएको देश भन्नुभयो । उहाँले खेलकुद विश्व विद्यालय भए खेलाडीहरुलाई पदक विजेता अनुसार शैक्षिक योग्यता निर्धारण गरी स्वरोजगार बनाए खेलकुदको विकास हुनुका साथै फुर्सदमा खेल्ने खेल नहुने बताउनुभयो । उहाँले खेलकुदबाट विचलित नभई निरन्तर अभ्यास गरे सफलता चुम्न सक्ने बताउनुभयो । उहाँले भक्तपुर विकास गर्ने सोच नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छें(रोहित)को सय बर्ष पछिको भक्तपुरले पथप्रर्दशक गरिरहेको बताउनुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा खेलाडीहरुलाई उत्साहित गर्न सम्मान कार्यक्रम गरेको बताउँदै खेलकुदलाई जीवनको अभिन्न अंग बनाए स्वस्थ्थ भई देशको सार्वभौमिकता जोगाउनु सक्ने बताउनुभयो ।
कार्यक्रममा उद्घोषण नेपाल बक्सिङ संघका कोषाध्यक्ष गौतम सुजखुले गर्नुहुँदै जन्मस्थान, मातृभुमि कहिल्यै विर्सन नहुने बताउँदै खेकुदको जग बसालेको स्थानप र गुरुहरुलाई पनि मातृभुमि जतिकै भुल्न नहुने बताउनुभयो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














