भाईबहिनीलाई चिठी पुस्तक समिक्षा प्रतियोगिताका विजयी विद्यार्थीहरु पुरस्कृत
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ८ को आयोजनामा भएको मध्यपुर थिमि नगरपालिकाव्यापी माध्यमिक विद्यालयस्तरीय भाईबहिनीलाई चिठीपुस्तक समिक्षा प्रतियोगिताका विजयी विद्यार्थीहरु पुरस्कृत भएका छन् । नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष एवं बागमति प्रदेश सांसद सुरेन्द्रराज गोसाईले आइतबार उनीहरुलाई एक समारोहवीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोदेको आयोजनामा भएको प्रतियोगितामा माउण्ट सिनाई इगलिश बोर्डिग स्कुल मध्यपुर थिमिका जीनिशा गोर्खाली प्रथम भइन् । प्रतियोगितामा हिमचुली एकेडेमी मध्यपुर थिमिका दिवस लामिछाने द्धितीय, आदर्श मावि लायकूका सन्दिप राई तृतीय र एसओएसका दृष्टान्त चौहान चौथौ तथा सान्त्वना हुन सफल भए ।
प्रतियोगितामा मध्यपुर थिमि नगरपालिका क्षेत्रका २३ वटा स्कुलहरुका ४० जना विद्यार्थीहरुले सहभागिता जनाएको आयोजक मध्यपुर थिमि नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठले बताए । कार्यक्रममा प्रतियोगी सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
यसअघि नै भएको प्रतियोगिताका मूल्यांकन सम्पन्न गरी आइतबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो । साहित्यकार हरिवहादुर श्रेष्ठद्धारा लिखित मार्गनिर्देशनबारे भाइवहिनीहरुलाई चिठी नामक पुस्तकको समिक्षा लेख्न लगाइएको थियो ।
विद्यार्थीमा पठक संस्कृति तथा सिर्जनात्मक लेखन विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको कायृक्रम व्यवस्थापक प्रेम के निडरले बताए । प्रतियोगिताका निर्णायकहरुमा अनुराधा थापामगर, केके मानन्धर र कृष्ण किसी रहेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष थापा श्रेष्ठले प्रमुख अतिथिलगायत विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुलाई धन्यवाद पत्र तथा मायाको चिनो वितरण गरेका थिए ।
कार्यक्रमको रिपोर्टिग गर्ने पत्रकारहरु एनटीभी भक्तपुरका प्रतिनिधि अंजिर विक, रेडियो जनसञ्चारका सुरेशप्रसाद सैंजू, मध्यपुर डायरीका विज्ञान श्रेष्ठ, लोकवोली डटकम अनलाइनका निशा कुश्मालगायतलाई सय वर्षपछिको भक्तपुर पुस्तक मायाको चिन्ह स्वरुप वितरण गरेको थियो ।वितरण गरिएको थियो । कार्यक्रममा आयोजक वडाका वडा सदस्य सुरेन्द्र श्रेष्ठ, पुस्तकका प्रकाशक संस्थाका अध्यक्ष दिनेश खड्गी, निर्णायकहरुमध्येबाट केके मानन्धरलगायतले प्रतियोगिताका विविध विषयमा चर्चा गरेका थिए ।













