दुई दिने घरेलु मेला सम्पन्न, कोसेली घर निर्माणमा जोड

दुई दिने घरेलु मेला सम्पन्न, कोसेली घर निर्माणमा जोड
भक्तपुर, चैत्र १७ गते
भक्तपुरमा आयोजित दुई दिने घरेलु उत्पादन मेलामा मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर उत्कृष्ठ घोषित भएका छन् भने हण्डिक्रयाफ्टको तर्फबाट एलिना हण्डिक्रयाफ्टलाई पनि उत्कृष्ठ घोषाना गर्दै आज मेलाको समापन गरेको छ । ४० वटा विभिन्न घरेलु उ्रत्पादकहरुको सहभागितामा भएको घरेलु उत्पादन मेला २०८० भक्तपुर नगरको नःपुखु परिसरमा हिजो र आज गरी आयोजना गरेको हो । भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयसँगको सहकार्यमा भक्तपुर पर्यटन विकास समिति, भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा सो मेला आयोजना भएको थियो । नेमकिपा सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ सहितका अतिथीहरुको आतिथ्यतामो हिजो उद्घाटन भएको सो मेलाको आज समापन गर्दै बागमति प्रदेश सांसद सुरेन्द्रराज गोसाईले उत्कृष्ठ उदमीलाई पुरस्कृत गर्दै सहभागि घेरेलु उद्मीलाई प्रमाण पत्र वितरण गरेका थिए ।


मेला संयोजक विरेन्द्र जतिका अनुसार सो मेला भक्तपुरका संस्कृति संरक्षण तथा पर्यटन प्रवर्धनकालागि आयोजना गरेको थियो । घरेलु उत्पादन बढाउन सके देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्दै घरेलु उद्यमी, बजार व्यवस्थापक र उपभोक्ता बीच अन्तरक्रिया गर्ने, परिचित हुने तथा आपसी व्यवसाय प्रवर्धनकालागि पनि यो मेला उपयोगि भएको बताए ।
भक्तपुर आउने पर्यटकहरुले भक्तपुर आएर के मौलिक उपहार लाने वा दिएर पठाउने भन्ने सवालहरुमा अतिथिहरुले चासोका साथ हेरेको सो मेलाले घरेलु उत्पादन प्रर्वधन गर्न राम्रो कोसेली घर निर्माण गर्न आवश्यक भएकोमा अतिथिहरुले जोड दिएका थिए ।
नेवारी परम्परागत पोशाक, हाकुपतासि बुन्ने ताङ, ताइचिनको चिउरा बनाउने, रक्सी पार्ने तथा योमरी, चतामरी, वः सम्येबजी सहितका परिकारका स्थलहरुले जीवन्त प्रदर्शनी रहेको सो मेलामा भक्तपुरको प्रसिद्ध जुजु धौं, च्याउका विभिन्न परिकारहरु आकर्षक मानिएका थिए । साथमा विभिन्न काष्ठ कला, धातु कलाका स्थलहरुले पनि मेलाको आकर्षण बढाएको थियो भने विभिन्न प्रजातिका फल र फुलका बोटविरुवाहरुको स्थल, मुखै रसाउने अमिलोका स्थलहरु, मखमलिका जुत्ता, एवं हस्तकलाका अन्य कपदा, घरेलु गरगहना र सरसफाइका सामग्रीहरुले नःपुखु परिसर मेला अवधिभर सजिएको थियो ।